"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बागमती प्रदेशमा नयाँ मोड: जेएन थपलिया मुख्यमन्त्री दौडबाट बाहिरिएपछि किरण थापा मुख्यमन्त्री बन्दै

Table of Content

रत्ननगर, साउन १९ ।
बागमती प्रदेश सरकारको नेतृत्वबारे नयाँ र नाटकीय घटनाक्रम विकसित भएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया मुख्यमन्त्रीको दौडबाट बाहिरिएका छन्।

एमालेका एक नेताका अनुसार थपलिया मुख्यमन्त्रीको दौडबाट बाहिरिएसँगै अब निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। केन्द्रमा भएको शीर्ष सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भइसकेकाले किरण थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि बढाउने तयारी छ।

यसैबीच, गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका क्रममा थपलियाको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ। अस्पताल भर्ना गरिएसँगै उहाँको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै वीर अस्पतालमा अहिले अरू कसैलाई पनि भेट्न दिइएको छैन। नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै बागमतीमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अगाडि बढेको हो।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०