"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन

Table of Content

काठमाण्डौ — नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ ।

निगमले आज विज्ञप्ती निकालेर बजारमा १४ दशमलव २ किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो । यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न आग्रह गरेको छ । निगमले असार ३१ गतेको निर्णयअनुसार १४ दशमलव २ किलो ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था मिलाइएको र दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ ।

बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ । निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न विक्रेतालाई आग्रह गरिएको छ ।

निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर ०१–५४१९१०२ मा खबर गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ । निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।

Oil-nigam-12-1785571091.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...
Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०