"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

Table of Content

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।

मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागिएको आशंकामा वैदेशिक रोजगार विभागले एफडब्लुसीएमएस प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो ।

साथै, आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ । ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ । यसअघि मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीमार्फत मात्र श्रमिक लैजाने भन्दै सूचिकृत गरेको थियो । त्यो सिन्डिकेट भएको भन्दै व्यवसायीले विरोध गदै आएका छन् ।

मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबिचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...
dron-1789270983

ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द

ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ । सुरक्षा जोखिम बढेपछि...
Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०