"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्पेनी शहर सेउटामा प्रवेश गर्नेक्रममा ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

Table of Content

मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या ६० हजार पुगेको अनुमान गरिएको छ । झण्डै ६० हजार आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभएको छ ।

मानिसहरूको ठूलो ओइरोका क्रममा कम्तीमा ५७ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ । हजारौँ आप्रवासी सीमा क्षेत्र पार गरी भित्रनेक्रम बढेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय सङ्कटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन् ।

त्यहा  छिरेका आप्रवासीलाइ आश्रयको अभाव भएको छ । साथमा अभिभावक नभएका बालबालिकासहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन् । धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौतारिरहेका सार्वजनिक भिडियो देखिन्छ । स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढेको हो ।

त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भू–भाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ । स्थानीय तथ्याङ्कअनुसार सेउटा शहरको जनसङ्ख्या झन्डै ८३ हजार ६०० छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...
Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०