"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अन्ततः एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियामै सहमति

Table of Content

लामो आन्तरिक क’सरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै सुम्पिने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबका बीच अन्तिम समयमा थपलियामै सहमति जुटेको बताए । उनले अब बामगठबन्धनको तर्फबाट थपलियालाई नै बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिने स्पष्ट पारे ।

‘जगन्नाथ थपलिया नै एमाले बागमती प्रदेशको संसदीय दलको नेता हो । त्यसकारण दायाँबायाँ नगरी तत्कालको परिस्थितिलाई बुझेर उहाँलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय भएको छ,’ उनले भने ।

केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्र’तिस्पर्धा च’र्किएको थियो । संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहे पनि दलभित्रको ठूलो समूहले नेतृत्व परिवर्तनको माग गरेपछि केही दिनयता एमालेभित्र शक्ति सं’घर्ष देखिएको थियो ।

गत साउन ९ गते एमाले–नेकपाबीच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलको नेतृत्व परिवर्तनको अभियान सुरु भएको थियो । वर्तमान नेता थपलियाको कार्यशैलीप्रति अ सन्तुष्टि जनाउँदै सचिव महेश बस्नेत निकट समूहले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएको थियो । स्रोतका अनुसार २५ सदस्यीय एमाले संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरलाई नयाँ संसदीय दलको नेता बनाउन हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ, एमाले उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले केशव पोखरेललाई दलको नेता बनाउने प्रयास गरिरहेको थियो । यसले एमालेभित्र तीन नेताबीच त्रिकोणात्मक प्र’तिस्पर्धा सिर्जना भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...
Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०