"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनले सकारात्मक सन्देश दिनुपर्छ : प्रजिअ अर्याल

Table of Content

चितवन । चितवन बन्दको चौतर्फी आलोचना र विरोध भएपछि विश्व हिन्दू महासंघ पछि हटेको छ। बिहीबार पत्रकार सम्मेलन गरेरै चितवन बन्दको घोषणा गरेको महासंघको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महासंघले बन्द फिर्ता गरेको हो। महासंघले बन्द फिर्ता घोषणा नगर्दै सडकमा सवारीसाधन गुडिरहेका थिए । त्यसले पनि उनीहरुलाई दबाब परेको थियो।

सार्वजनिकरुपमै सद्भाव र्‍याली आयोजना गर्न दबाब दिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार दिउँसो साढे ४ बजेको लागि चितवनमा बृहत् सद्भाव र्‍याली आयोजना गर्ने तयारी गरेको छ। मधेशमा भइरहेको आन्दोलनलाई चितवसम्म फैलिन नदिनको लागि सद्भाव र्‍याली आवश्यक परेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

प्रमुख जिल्ला अधिकारी अर्यालले राजनैतिक दल, नागरिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रमुखहरुलाई बैठक बोलाएका छन्। बैठक सकिएपछि सद्भाव ¥याली निकालिने उनले बताए। ‘चितवनजस्तो शान्त र शिक्षित जिल्लाले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ,’ उनले भने, ‘त्यसकारण चितवनले द्वन्द्व होइन, सद्भाव देखाउनु पर्छ। भाइचारा देखाउनु पर्छ।’

उनले जिल्लामा रहेका सबैलाई सार्वजनिकरुपमै र्‍यालीमा सहभागी हुन अनुरोध गरेका छन्। भरतपुरको चौबीसकोठी चोकबाट पुलचोकसम्म बृहत् ¥याली निकालिने उनको भनाइ छ। ‘चौबीसकोठी चोकमा आउन सम्भव नहुनेहरुले नारायणघाटको पुलचोकसम्मको दूरीमा हिँड्दा जहाँ पायक पर्छ, त्यहीँ मिसिनु हुन अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यो र्‍याली हामी सबैको हो। यसमा हामी सबै आयोजक हौँ,’ उनले भने, ‘चितवनमा भएको कार्यक्रमले मधेशमा भइरहेको समस्यालाई समाधान गर्ने बाटो खुलोस् भन्ने हामी चाहन्छौँ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०