"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्युत् प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजश्व कार्यालयसँग राय माग

Table of Content

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजश्व विभागसँग राय मागेको छ । 

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत् प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युत्को रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार १ गतेदेखि ३२ गतेसम्मको खपतको बिलिङ २०८३ साउन १ गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको द्विविधाको विषयमा प्रस्ट पार्नका लागि प्राधिकरणसँग अनुरोधसँगै कानुनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो । 

सरकारले साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने नीति लिएको छ । 

तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोडिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । 

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशनसमेत दिनुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०