"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी

Table of Content

भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)का दुई मागमा सरकार सकारात्मक भएको छ । सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो ।

यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ । तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनुभएको छ । चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षामन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ ।

मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कडा हुने सीजेपीले चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनम वाङ्चुकले अस्ति बिहीवार २६ औँ दिनमा अनशन स्थगित गर्नुभएको छ । उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने आश्वासन दिएको बताउनुभयो ।

परीक्षामा बारम्बार प्रश्नपत्र ‘लिक’ भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोच जनता पार्टीको उदय भएको हो । युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकार दबावमा परेको छ । यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०