"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नाबालिकाको डिम्ब किनबेच आरोपमा एक जना पक्राउ

Table of Content

नाबालिकाको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले एक जना महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका लागि प्रहरीले ललितपुरको इमाडोलमा ब्युटिसियनको रूपमा काम गर्दै आएकी लमजुङकी राधिका गोतामेलाई पक्राउ गरेको छ।

उनलाई प्रहरीले साउन १ गते पक्राउ गरेको थियो। १७ वर्षकी किशोरीलाई आर्थिक प्रलोभनमा पारी ग्वार्कोस्थित बिएन्डबी अस्पतालको आइभिएफमा डिम्ब झिकेको आरोप छ।  

उनले डिम्ब झिकेबापत ३० हजार रुपैयाँसमेत प्राप्त गरेको प्रहरी समक्षको बयानमा बताएको एसपी गौतम मिश्रले जानकारी दिए।

डिम्ब झिकेपछि किशोरी बिरामी परेपछि प्रहरी कहाँ उजुरी लिएर आएको एसपी मिश्रले बताए।

‘चिनेको साथीले राधिकालाई भेटाइदियो। राधिकाले लगेर झिक्न लगायो भन्ने कुरा आएको छ। यसबारेमा अनुसन्धान हुँदैछ,’ एसपी मिश्रले भने।

घटनामा संलग्न चिकित्सकसहित अन्यको प्रहरीले खोजी गरिरहेको छ। अहिले प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको हो।

यसअघि पनि प्रहरीले नाबालिकाको डिम्ब तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाएको थियो। तर महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०