"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिकी सिआइए केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशङ्का

Table of Content

काठमाण्डौ – मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सिआइए) का गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसले सहयोग गरेको हुन सक्ने आशङ्कामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन् । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणको उच्च सटिकता देखिएपछि इरानलाई रुसले लक्ष्य निर्धारणसम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान भइरहेको हो । गत मार्चमा साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सिआइए केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। 

स्रोतहरूका अनुसार अन्य केही सिआइए केन्द्रहरू पनि निशानामा परेका थिए, यद्यपि ती स्थानहरूको विवरण सार्वजनिक गरिएको छैन। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको शाहिद–१३६ ड्रोनमा रूसको ‘कमेटा–एम’ नेभिगेसन प्रणाली जडान गरिएको भेटिएको बताइएको छ। 

विज्ञहरूका अनुसार उक्त प्रणालीले ड्रोनलाई अझ सटीक बनाउनुका साथै इलेक्ट्रोनिक जामिङबाट बच्न पनि मद्दत गर्छ। अमेरिकी विश्लेषकहरूले आक्रमणका क्रममा रूसबाट प्राप्त लक्ष्य निर्धारणसम्बन्धी सूचना प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि अध्ययन गरिरहेका छन्। 

यद्यपि केही स्रोतले इरानको मुख्य लक्ष्य अमेरिकी दूतावास नै रहेको र सिआइए केन्द्रमा पुगेको क्षति संयोग हुन सक्ने आकलन गरेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। यस विषयमा ह्वाइट हाउस र सिआइएले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०