"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

देशभर सात मुख्य राजमार्ग पूर्ण अवरुद्ध, पहिरो-बाढीले यात्रा जोखिमपूर्ण

Table of Content

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ८ः३० बजेसम्म सात प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने दुई सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

प्रहरीको विवरणअनुसार ललितपुरको कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थान, बागलुङको कालीगण्डकी करिडोर र दार्चुलाको महाकाली राजमार्ग पहिरो तथा अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएका छन्।

यस्तै, भोजपुरस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङ ल्हामु सडकखण्डमा पहिरो र बाढीका कारण एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।

यसैबीच, सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाको मूल्याङ्कन गरी सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ।

त्यस्तै, मकवानपुर-ललितपुर जोड्ने कान्तिलोकपथमा पनि रातिको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहने नेपाल प्रहरीले जनाएको छ।

मनसुन अझै सक्रिय रहेकाले थप सडकमा पनि पहिरो र बाढीको जोखिम बढ्न सक्ने भन्दै प्रहरीले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी वा ट्राफिक प्रहरीसँग सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०