"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन ,अस्पतालको सेवा सुधार, सरसफाइ र बिरामीमैत्री व्यवस्थापनमा पनि जोड

Table of Content

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। जलनका गम्भीर बिरामीले आफ्नै प्रदेशमा समयमै विशेषज्ञ उपचार पाउने व्यवस्था सुनिश्चित गर्न प्रदेशस्तरीय बर्न सेन्टर स्थापना गर्न उनले जोड दिएका हुन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलन उपचार सेवाको पहुँच विस्तार गर्न र प्रमुख सरकारी अस्पतालमा सञ्चालन भइरहेका बर्न सेवासमेत थप सुदृढ बनाउन निर्देशन दिएका हुन्।

बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण बनाउन संघ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए। प्रधानमन्त्री शाहले हाल जलनका गम्भीर बिरामी सीमित अस्पतालमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एउटा आधुनिक सुविधासहितको जलन उपचार केन्द्र स्थापना गरिनुपर्ने धारणा राखेका थिए। यसबाट उपचारका लागि राजधानी वा केही सीमित अस्पतालमा निर्भर रहनुपर्ने अवस्था अन्त्य हुने विश्वास उनले व्यक्त गरे।

छलफलका क्रममा प्रधानमन्त्रीले अस्पतालहरूको समग्र सेवा प्रवाह सुधारमा पनि विशेष चासो व्यक्त गरेका थिए। उनले अस्पतालमा सरसफाइको स्तर उच्च बनाउन, बिरामीले सहज र छिटो सेवा पाउने व्यवस्था मिलाउन तथा अस्पतालमा देखिने अनावश्यक भिड व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए। बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले सहभागी थिए। प्रधानमन्त्रीको निर्देशनलाई जलन उपचार सेवाको पहुँच विस्तार, विशेषज्ञ उपचारको विकेन्द्रीकरण तथा सार्वजनिक अस्पतालको सेवा गुणस्तर सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०