"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना : मैदानभित्र र बाहिरको तनावपूर्ण इतिहास

Table of Content

काठमाण्डाै – फिफा विश्वकप फुटबलको दोस्रो सेमिपाइनलमा आज राति दुई पुराना प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई र इङ्ग्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । इङ्ग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ ।

विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएकोमा इङ्ग्ल्यान्ड ३ र अर्जेन्टिना २ खेलमा विजयी भएको छ । अहिलेसम्म अर्जेन्टिनाले ३ र इङ्ग्ल्यान्डले २ पटक उपाधि जितेका छन् । विश्वकपमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच २४ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो ।

यी दुईबीचको खेललाई विश्वकपकै सबैभन्दा चर्चित ‘राइभलरी’ अर्थात् प्रतिद्वन्द्विता मानिन्छ । आजको खेलका लागि अकल्यान्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धामा मैदानभित्रको विवाद र ऐतिहासिक भू–राजनीतिक तनाव जोडिने गर्छ ।

मैदानबाहिरको इतिहास — ‘फकल्यान्ड्स युद्ध

सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ‘फकल्यान्ड्स’ युद्ध भएको थियो । ७४ दिनसम्म चलेको यो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती लडाकु र ३ जना सर्वसाधारणको ज्यान गएको थियो । अर्जेन्टिनामा ‘लास माल्भिनास’ का रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देशबीचको सार्वभौमिकतासम्बन्धी विवादको विषय बनेको छ ।

यो सैन्य द्वन्द्वले दुवै देशका नागरिकको भावनामा गहिरो छाप छाड्यो र त्यसपछि जहिले पनि दुई देशका टोली प्रतिस्पर्धा गर्दा यो पुरानो घाउ फेरि बिउँतिन्छ ।

मैदानभित्रकै विवादास्पद घटनाहरू

१९८६ विश्वकप (मेक्सिको) : डिएगो माराडोनाले क्वाटरफाइनलमा ‘ह्यान्ड अफ गड’ (हातले गोल  गरे) पछि “ज्बलम या न्यम“ भनेर चर्चित भयो) र त्यही खेलमा उनैले एक्लै धेरै खेलाडीलाई छल्दै ‘गोल अफ द सेन्चुरी’ (असाधारण गोल) पनि गरे । यो विश्वकप ‘फकल्यान्ड’ युद्धको ४ वर्षपछि भएकोले भावनात्मक रूपमा झन् चर्चित बन्यो ।

१९९८ विश्वकप : अन्तिम १६ मा रेफ्रीले डेभिड बेकहमलाई रातो कार्ड देखाएको र पेनाल्टीमा अर्जेन्टिनाको जीतले यो खेल विश्वकप इतिहासकै चर्चित प्रतिस्पर्धामध्ये एक बनेको थियो । 

२००२ विश्वकप : बेकहमकै पेनाल्टी गोलमा बेलायत विजयी हुँदा अर्जेन्टिना ४० वर्षपछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो ।

यस कारण जहिले पनि यी दुई टोलीले प्रतिस्पर्धा गर्दा मैदानबाहिर पनि सुरक्षा व्यवस्था विशेष कडा गरिन्छ । यो केवल खेल मात्र नभई राष्ट्रिय भावना र इतिहाससँग गाँसिएको प्रतिष्ठाको लडाइँजस्तै मानिन्छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०