"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उद्योगमन्त्री यादवलाई प्रधानमन्त्रीले पक्राउ गर्न भने, सभापति र गृहमन्त्रीले जोगाए

Table of Content

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।

अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यसदिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको अवस्थाबारे बुझ्न भनिएको थियो। भ्रष्टाचारविरुद्ध कठोर शासन चलाइरहेका प्रधानमन्त्री शाहले पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग सिधा सम्पर्क गर्ने गरेका छन्।

यस घटनाबारे जानकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू र सुरक्षा अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहले राति सिधै फोन गरेर सांसदसमेत रहेकी बहालवाला मन्त्रीलाई तत्कालै पक्राउ गर्न आदेश दिएपछि आईजीपी कार्की आत्तिएका थिए।

‘असार १६ गते राति साढे १० बजेतिर प्रधानमन्त्रीको फोन आयो। आईजीसाप रनभुल्लमा पर्नुभयो। यस्तो आदेश आयो भनेर सुरुमा उहाँले संगठनको उच्च तहमा छलफल गर्नुभयो। त्यसपछि तत्काल पक्राउ नगरी मन्त्रीलाई निगरानीमा मात्र राखिराख्ने कुरा भयो। त्यही अनुसार उहाँको निवासमा रातिबाटै निगरानी बढाएका थियौँ,’ ती अधिकारीले भने।

मन्त्री यादवले सरकारी निवास पाएकी छैनन्। त्यसैले निजी निवास सिनामंगलमा बसिरहेकी मन्त्री यादवमाथि प्रहरीले निगरानी बढाएको थियो। पक्राउ गर्न प्रयोग गरिने साइरनसहितको भ्यानसहित प्रहरीको टोली मन्त्री निवास सिनामंगल पुगेको थियो। मध्यराति प्रहरीको टोलीले घर घेरेपछि मन्त्री यादव र उनको परिवार आत्तिएको थियो। मन्त्री यादवले तत्कालै पार्टी सभापति रवि लामिछानेलाई फोन गरेकी थिइन्।

ती प्रहरी अधिकारीका अनुसार बहालवाला मन्त्री पक्राउ गर्न प्रधानमन्त्री शाहले दिएको आदेशबारे आईजीपी कार्कीले सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए। रवि र बालेन दुवै निकट रास्वपाका एक नेताका अनुसार टेलिफोन संवादमा सभापति लामिछाने र आईजीपी कार्की बहालवाला मन्त्री यादवलाई पक्राउ गर्ने प्रधानमन्त्री शाहको आदेश कार्यान्वयन गर्न नहुने कुरामा एकमत भए। यसपछि आईजीपी कार्कीले सांसदलाई पक्राउ गर्न संसद् सचिवालयको सहमति लिनुपर्ने भनेर सो आदेश टार्न सकिने जुक्ति निकाले।

यता प्रधानमन्त्री शाहको आदेशबारे आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङसँग पनि परामर्श गरेका थिए। गृहमन्त्री गुरुङले पनि मन्त्री यादवलाई पक्राउ नै गर्ने जोखिम आफूले मोल्न नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री शाहको आदेश कार्यान्वयन नभएको गृह मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ।

सभापति लामिछाने र गृहमन्त्री सुधन गुरुङबाट साथ पाएपछि आईजीपी कार्कीले प्रधानमन्त्री शाहलाई सांसद समेत रहेकी बहालवाला मन्त्री गिरफ्तार गर्न संसद् सचिवालयको पत्र चाहिने बताएका थिए। आईजीपी कार्कीले सबै प्रक्रिया सुनाएपछि प्रधानमन्त्री शाह आफ्नो अडानबाट ब्याक भएको ती प्रहरी अधिकारी बताउँछन्।

आयल निगमले असार १६ गते राति १० बजेर ३१ मिनेटमा पेट्रोलिम पदार्थको मूल्य घटाएको सूचना सार्वजनिक गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयबाट यो सूचना राति ११ बजेर ५८ मिनेटमा मिडियालाई फेरि सेयर गरिएको थियो। तर पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाउन लागेको र त्यससम्बन्धी सूचना चुहिएको आशंका प्रधानमन्त्रीलाई साँझपख नै भइसकेको थियो।

प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीले यो निर्णय आफूखुसी गरेकी थिइन्। त्यसमाथि उनले केही व्यापारीसँग भेटघाट गरेको सूचना पनि प्रधानमन्त्री कार्यालय पुगेको थियो। जसले गर्दा उद्योगमन्त्री यादवसँग प्रधानमन्त्री शाह आक्रोशित थिए।

असार १६ गते मन्त्री यादवले ग्यास उद्योग संघका पदाधिकारीसँग मन्त्रालयमा भेटवार्ता गरेको थाहा पाएपछि प्रधानमन्त्रीको सचिवालयले भरी सिलिन्डर बेच्ने निर्णय तत्काल नगर्न मन्त्री यादवका सल्लाहकार अंकितकुमार यादवमार्फत् निर्देशन पठायो। प्रधानमन्त्रीको सचिवालयको निर्देशनपछि मन्त्री यादवले यसबारे निर्णय लिन सकिनन्।

प्रधानमन्त्री शाहको सचिवालयले पेट्रोलियम पदार्थको मूल्य पनि नघटाउन भनेको थियो। तर, मन्त्री यादवको सहमतिमा नेपाल आयल निगमको सञ्चालक समिति सदस्य उद्योग मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले पेट्रोलिय पदार्थको मूल्य घटाउने प्रस्ताव लगेका थिए।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arrestq-1735631732

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा...
20th-asian-games-1785977091

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।...
1769076389-4yTS1

वडास्तरमै मतदाता नामावली अद्यावधिक, स्थानीय तहलाई सहजीकरण गर्न आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि...
Harmuz_waterway_xsdwVqwAhX

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको...
1-1785931917

सार्वजनिक पुस्तकालयको ताला खुल्यो, पुस्तकका पाना खोल्न बाँकी

काठमाण्डौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०