"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

खरबुजाको बीउ बरामद गर्न एसपीकै कमान्डमा ५५ प्रहरी परिचालन

Table of Content

झापा — भद्रपुर नगरपालिका–३ को एक निजी घरमा छापा मारेर ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख (एसपी) वसुन्धरा खड्काकै कमान्डमा ५५ जना प्रहरी परिचालन गरिएको छ ।

सामान्यतया यस्ता बरामदमा सीमित प्रहरी टोली खटिने भए पनि यसपटक जिल्ला प्रहरी कार्यालयले उच्च तहको कमान्ड र ठूलो संख्यामा जनशक्ति परिचालन गरेपछि अपरेसनको संवेदनशीलताबारे चासो बढेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा भीमलाल सुवेदीको घरमा छापा मारिएको थियो। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रूपमा परिचालित टोलीले दुई वटा गोदामबाट ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गरेको हो । 

प्रहरीका अनुसार उक्त बीउ भन्सार छली गरेर अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद सामग्री थप कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

‘५५ जना प्रहरी सामान बोक्नकै लागि परिचालन गरिएको हो । अरु केही हैन,’ यति ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको कारणबारे जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले भनिन्,‘सुरुमा दुई वटा गाडीमा प्रहरी गएको थियो । तर, दुईवटै गोदाम भरिभराउ रहेको देखिएपछि थप प्रहरी बोलाइएको हो ।’

प्रहरीका अनुसार बरामद गरिएको बीउको बजार मूल्य प्रतिकिलो करिब १ हजार ६ सय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।  गत साता गृहमन्त्री सुधन गुरुङले झापा निरीक्षण गर्दै चोरी-पैठारी, भन्सार छली, लागुऔषध ओसारपसार र मानव बेचबिखन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका थिए ।  त्यसयता सीमा क्षेत्रमा सुरक्षा निगरानी उल्लेख्य रूपमा बढाइएको सुरक्षा अधिकारीहरू बताउँछन् । 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामै ‘मेलन सिड’ शीर्षकमा करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ आयात भएको छ, जसको मूल्य ३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जम्मा ५ सय ९५ टन अर्थात् १४ करोड रुपैयाँबराबरको मात्रै आयात भएको थियो ।  एक वर्षमै परिमाण करिब ३२ गुणा र मूल्य २२ गुणा बढेको देखिन्छ ।

सरकारी अधिकारीहरूका अनुसार वास्तविक रूपमा खेतीका लागि प्रयोग हुने बीउभन्दा पनि बोक्रा हटाइएको खानयोग्य ‘मगज’ लाई कृषि बीउका रूपमा घोषणा गरी न्यून भन्सार महसुलमा नेपाल ल्याइने र त्यसपछि भारततर्फ तस्करी गरिँदै आएको पाइएको छ । 

भारतीय बजारमा खरबुजाको बीउ (मगज) को ठूलो माग छ ।  तर, स्वदेशी उत्पादन संरक्षण गर्न भारत सरकारले यसको आयातमा कडा प्रतिबन्ध लगाएपछि तस्करहरूले नेपालको खुला सीमा प्रयोग गर्न थालेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ । 

यसै कारण पछिल्लो समय अफगानिस्तान, नाइजेरिया, सुडान, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट नेपालमा अस्वाभाविक रूपमा खरबुजाको बीउ आयात हुन थालेको भन्सार विभागले तथ्यांकले देखाउँछ । 

यसअघि पनि विभिन्न जिल्लामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद भएको छ ।  केही दिनअघि बारामा ३ सय १४ बोरा, रुपन्देहीमा ३५ बोरा तथा रौतहटमा करिब १२ हजार ८ सय किलो बीउ बरामद भएको थियो ।  यसअघि रुपन्देहीबाट भारततर्फ लैजान लागिएको १ सय २५ बोरा पनि नियन्त्रणमा लिइएको थियो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०