"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मोदी खोलाको बाढीले घर–रेष्टुरेन्ट बग्यो, घान्द्रुक सडक अवरुद्ध

Table of Content

काठमाण्डौ —  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको  लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ ।

बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन् ।

बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमाना सेउलीबजारको स्थानीय दिलीप गुरुङको घर र रेष्टुरेन्ट पूर्ण रूपमा बगाएको छ । किम्रुङ खोलामा आएको लेदोसहितको बाढी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा सडक कटान हुनुका साथै खोलामाथिको झोलुङ्गे पुलसमेत बगाएको छ । पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत प्रभावित भएको छ ।

बाढीका कारण नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध हुँदा घान्द्रुक, लान्द्रुकलगायत पर्यटकीय क्षेत्रमा जाने सयौँ गाडी रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ ।

प्रहरीले स्थानीयबासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०