"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

Table of Content

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन् । मङ्गलबार चितवन जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलास आदेशबाट आरोपित ४८ वर्षीय बाबु कारागार चलान भएका हुन् ।

बाबुबाटै बलात्कृत भएको भन्दै पीडित छोरीले साउन २९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । घटना भएको दिन आरोपितले मादक पदार्थ सेवन गरेको जाहेरीमा उल्लेख छ । घटनाको केही दिनपछि आरोपित पक्राउ परेका थिए ।

प्रतिवादी र पीडितबीच बुबा र छोरी नाता रहेको देखिँदा प्रतिवादीउपर हाडनाताको समेत कसुर थप भई कारबाहीका लागि सरकारी वकिल कार्यालयले मुद्दा पेस गरेको छ । साउन २९ गते बुबाले मादक पदार्थ बियर सेवन गरी मलाई पनि बलजफ्ती खान लगाई रातको समयमा जबर्जस्ती करणी गरेको हुँदा निजलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिपाऊँ भनी पीडित छोरीले प्रहरीमा उजुरी दिएकी चितवन प्रहरी प्रवक्ता डिएसपी चन्द्रभूषण यादवले जानकारी दिए ।

प्रतिवादीले समेत प्रहरीको बयानका क्रममा आफूले छोरीलाई जबर्जस्ती करणी गरेको हो भनी आरोपित कसुरमा साबित रही बयान गरेका थिए । तर, अदालतमा भने उनले बयान गर्दा आफूले छोरीलाई जबर्जस्ती करणी नगरेको बताएका छन् ।

आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने बुबालाई कानुनबमोजिम कारबाही हुनुपर्छ भनी घटना विवरण कागजसमेत भएको छ । घटनाको केही दिनमा पीडितको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

तथ्य र प्रमाणहरु हेर्दा प्रतिवादीले अदालतमा आरोपित कसुरमा इन्कार बयान दिए पनि आफूलाई जबर्जस्ती करणी गरेकाले प्रतिवादीलाई हदैसम्मको सजाय गरी न्याय दिलाई पाऊँ भन्ने जाहेरवालाको किटानी जाहेरी प्रहरीमा परेको थियो ।

घटनास्थल प्रकृति मुचुल्का, प्रतिवादीले मौकामा गरेको साबिती बयान, घटना विवरण कागजसमेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरुबाट प्रतिवादी कसुरदार होइनन् भनी भन्न सकिने अवस्था नरहेको भनी तत्काललाई थुनामा राखी मुद्दाको अनुसन्धान गर्न न्यायाधीश यदुराज शर्माको इजलासबाट आदेश भएको हो । पीडित छोरीको आमाबुबा जापानमा कार्यरत थिए । बिरामी भएपछि बुबा भने नेपाल फर्किएका थिए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०