"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपामा प्रश्न गर्नै नपाउने हो ?

Table of Content

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फरक मत राख्नेप्रति असहिष्णु व्यवहार बढ्दै गएकोे देखिन्छ । सुशासन सहितको सुसंस्कृत समाज निर्माण गर्न वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाभित्र प्रश्न गर्नेमाथि नै प्रहार भएको देखिन्छ ।

पछिल्लो समय रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालमाथि गृहमन्त्री सुधन गुरुङबाट धम्कीपूर्ण भाषा प्रयोग भएपछि पार्टी वृत्तमा हलचल ल्याएको छ । भदौ २३ गते पुरानो संसद् भवन नयाँ बानेश्वरमा आयोजित जेनजी दिवस सम्बन्धी कार्यक्रममा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास (दिनेश पण्डित) र विष्णु प्रपन्नाचार्य (विजय भण्डारी) सहभागी भएको विषयमा सचेतक धितालले दुई वटा गम्भीर प्रश्न उठाएकी थिइन् । उनको पहिलो प्रश्न विवादास्पद धर्म गुरुलाई सहभागी गराएर जेनजी आन्दोलनको अपमान गरिएको भन्ने थियो । दोस्रो, गृहमन्त्रीले प्रेस स्वतन्त्रताप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेकोप्रति उनको अभिव्यक्ति लक्षित थियो ।

यसै विषयलाई लिएर गृहमन्त्री गुरुङले जेनजी सांसदहरू रहेको ह्वाट्सअप ग्रुपमा सचेतक धितालको हैसियतबारे गम्भीर प्रश्न उठाएको देखिन्छ । जेनजी आन्दोलनका क्रममा ‘हामी नेपाल’का संयोजक रहेका मन्त्री गुरुङले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । भदौ २३ गते केपी ओली नेतृत्वको तत्कालीन सरकारले २३ जना युवाको हत्या गरेपछि भोलिपल्ट विध्वंशकारी घटना मच्चाएर आन्दोलन ‘हाइज्याक’ गरेको आरोप गुरुङमाथि छ । ह्वाट्सअप ग्रुपमा मन्त्री गुरुङ र सचेतक धितालबिच भएका आन्तरिक सवालजबाफ सञ्चार माध्यममा छताछुल्ल भएपछि रास्वपामा फरक मत राख्नेविरुद्ध वा प्रश्न गर्ने जो कोही पनि सुरक्षित नभएको सन्देश प्रवाह भएको छ ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलन आफ्नो कारण भएको दाबी गर्दै त्यसमा धितालको कुनै योगदान नभएको चित्रण गरेका छन् । जेनजीहरूकै कारण रास्वपाका धितालहरूले संसद्मा पुग्ने हैसियत बनाएको उनको जिकिर छ । गृहमन्त्री गुरुङको भाषा शैलीको प्रतिवाद गर्दै धितालले तमिज (शिष्टाचार) नभएकोतर्फ सचेत गराएकी छन् । उनका यी भनाइको पनि गृहमन्त्री गुरुङले प्रतिवाद गरेका छन् ।

धितालले दिएको अभिव्यक्तिप्रति जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले आपत्ति जनाएका छन् । सोमबार सिंहदरबारस्थित दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनीहरूले जेनजी स्मृति कार्यक्रमलाई नै अपमान हुने गरी धितालले अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका थिए । त्यसअघि विवादित धर्मगुरु आचार्य श्रीनिवासले धिताल र रास्वपा सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । सहिद परिवार, धर्मगुरुलाई प्रयोग गरेर गृहमन्त्री गुरुङले नै धितालको तेजोवध गर्न खोजेको राजनीतिक वृत्तमा चर्चा छ ।

गृहमन्त्री गुरुङ र आफूबिच भएको विवादलाई लिएर सचेतक धितालले आफूलाई हतोत्साहित गर्ने तागत कसैसँग पनि नभएको प्रतिक्रिया दिएकी थिइन् ।

सचेतक धितालले सुकुमवासीलाई व्यवस्थापन नगरी काठमाडौँ उपत्यका नदी किनारका वस्तीहरूमाथि डोजर चलाइएकोप्रति पनि आपत्ति जनाएकी थिइन् । त्यतिबेला उनको अभिव्यक्तिलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयले असन्तुष्टि पोखेपछि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले धिताललाई सचेत गराएका थिए । रास्वपामा धिताल सभापति रवि लामिछानेको विश्वासपात्रका रूपमा चिनिन्छिन् । सरकारको काम कारबाहीलाई लिएर रास्वपाकै सांसदहरूले आलोचना गरेकोमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेटेरै गुनासो पोखेका थिए ।

गृहमन्त्री गुरुङ र आफूबिच भएको विवादलाई लिएर सचेतक धितालले आफूलाई हतोत्साहित गर्ने तागत कसैसँग पनि नभएको प्रतिक्रिया दिएकी थिइन् ।  ‘झपार्ने, हप्काउने, दप्काउने, कसैलाई होच्याउने, हिम्युलेट गर्ने तागत कसैसँग पनि छैन । यो एकदम सामान्य कुरा हो, हप्काएको होइन । उहाँले आपत्ति पनि जनाउन पाउनुहुन्छ, यो नैसर्गिक अधिकार हो । उहाँले हप्काएकै भए पनि म स्वतन्त्र मान्छे हो, त्यसको प्रतिउत्तर गर्न सक्छु’, सञ्चारकर्मीसँग उनले प्रतिक्रिया दिएकी थिइन् ।

रास्वपाभित्र धिताल, महामन्त्री विपिन कुमार आचार्य, सांसद अमरेशकुमार सिंह लगायतलाई आलोचनात्मक चेत भएका व्यक्तिका रूपमा हेरिन्छ । उनीहरूले यस्ता अभिव्यक्तिलाई सरकारको विरोधभन्दा पनि खबरदारीको रूपमा परिभाषित गर्ने गरेका छन् । महामन्त्री आर्चायले पार्टी र सरकार गलत बाटोमा नजाओस् भनेर खबरदारी गर्नु स्वाभाविक भएको जिकिर गरे । पार्टीभित्र यो वा त्यो समूह नभई सबै रास्वपा भएको उनको भनाइ छ ।

‘पार्टी नेतृत्वकै सरकार भएकाले हामीले पाएको म्याण्डेटलाई कसैले पनि भुल्नु हुँदैन । पार्टीमा कोही पनि रविको मान्छे वा बालेनको मान्छे छैन । सबै रास्वपाको मान्छे हो । प्रश्न सबैले गर्न पाउँछन् । पार्टी हितको पक्षमा खबरदारी गर्नुलाई विरोध गरेको अर्थमा बुझ्न हुँदैन’, आचार्यले भने ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टी नेतृत्व वा सरकारसँग कुनै गुनासा भए प्रश्न उठाउन पाउने जिकिर गरे । तर, कतिपय आन्तरिक विषय बाहिर लैजाने कुरा राम्रो नभएको उनको भनाइ छ ।

रास्वपामा पार्टी नेतृत्व वा सरकार नेतृत्वसँग प्रश्न गर्नेविरुद्ध समर्थक तथा शुभेच्छुकहरूबाट सामाजिक सञ्जालबाट हुर्मत लिनेहरूको बाढी नै छ ।

‘राजनीतिमा मतभेद हुन सक्छ । एउटाको विचार अर्कोलाई मन नपर्न पनि सक्छ । मन पर्दा नपर्दै पनि केही विषयमा सम्झौता हुन सक्छ, तर आन्तरिक कुरा बाहिर ल्याउने काम राम्रो होइन । यसलाई गम्भीर रूपमा लिएका छौँ,’ उनले भने ।

रास्वपामा पार्टी नेतृत्व वा सरकार नेतृत्वसँग प्रश्न गर्नेविरुद्ध समर्थक तथा शुभेच्छुकहरूबाट सामाजिक सञ्जालबाट हुर्मत लिनेहरूको बाढी नै छ । विगतमा सरकारले गरेका भ्रष्टाचार र बेथितिविरुद्ध प्रश्न उठाएर सत्तामा पुगेकाहरूले नै प्रश्नको विरोध गर्नु जायज नभएको तर्क गर्नेहरू पनि छन् । यतिसम्म कि भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीका आफ्ना परिवार नै गुमाएर विक्षिप्त भएका व्यक्तिहरूमाथि नै सामाजिक सञ्जालबाट अश्लील प्रहार हुन थालेपछि सभापति लामिछानेले कडा चेतावनी दिएका थिए ।

भदौ २४ गते संसद्मा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले यस्तो अकल्पनीय विध्वंसमा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वाभाविक भएको बताएका थिए ।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जबाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, लामिछानेले भनेका थिए, ‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिने छ ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०