"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

Table of Content

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ।

राप्ती–१ निवासी दिपकप्रसाद थपलिया शर्माले आफ्नो ६५औँ जन्मदिनको अवसरमा निर्माण गरिएको घर विपन्न परिवारलाई हस्तान्तरण गर्नुभएको हो। अन्दाजी ७० वर्षीया एकल महिला मनमाया प्रजाको आठ सदस्यीय परिवारलाई घर हस्तान्तरण गरिएको हो। थपलिया दम्पती र राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तानले संयुक्त रूपमा प्रजा परिवारलाई घर हस्तान्तरण गर्नुभएको थियो।

करिब दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको दुई कोठे घर छ महिनामा सम्पन्न भएको हो। हस्तान्तरण कार्यक्रममा थपलियाले उक्त घर भूकम्पप्रतिरोधी रहेको जानकारी दिनुभयो।

घर हस्तान्तरणसँगै प्रजा परिवारलाई खाट, सिरक, डसना, सिरानी तथा लत्ताकपडालगायतका सामग्री समेत प्रदान गरिएको थियो।

कार्यक्रममा राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तान, वडा सदस्य ग्रेस तामाङ, वडा सदस्य राजु राई, सामाजिक व्यक्तित्व मानबहादुर स्याङ्वो, कुमार थापा, जयहरी जनचेतना सामुदायिक वन राप्ती–१ का अध्यक्ष पूर्णबहादुर राई, टोल सुधार समितिका अध्यक्षलगायतको उपस्थिति थियो।

विगत लामो समय देखी खडाई र् माटोबाट निर्मित छानो चुहिने घरमा कष्टकर तरिकाले बस्दै आएका प्रजा परिवारलाई थपालियाले घर उपहार दिए पछी दंग र उत्साहित छन।

यसैबीच, थपलियाले प्रजा परिवारको घरसँगै रहेको अर्को चार कोठे घर निर्माणका लागि समेत आंशिक सहयोग गर्नुभएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०