"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

Table of Content

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ । 

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ । 

साथै इरानले अमेरिकाले कुनै सैन्य कदम चाले त्यसको कडा प्रतिकार गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखडासमेत निशानामा पार्ने चेतावनी दिएको छ । केही दिन अघि अमेरिकी आक्रमणमा इरानका १७ जनाको ज्यान गएको र ११५ जना घाइते भएका इरानको दाबी छ । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखडामा मिसाइल आक्रमण गरेको छ । 

दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन । मध्यस्थकर्तामार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिएको छ । यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अलि खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाफ दिने चेतावनी दिनुभएको छ । 

हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा व्यापार मार्गमध्ये एक हो । विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०