"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीले हेटौंडामा ट्रक बगायो, चालकले पौडिएर ज्यान जोगाए

Table of Content

काठमाण्डौ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियामा रहेको कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ । आज बिहान पौने ८ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्रा खोलाको कल्भर्ट पार गर्ने क्रममा पानीको बहाव बढेपछि ट्रक बगाएको हो ।

प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक खोलामा आएको तीव्र बहावले बगाएको हो । ट्रकमा रहेका चालक चितवन रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर सकुशल बाहिर निस्कन सफल हुनु भएको छ ।

ट्रक चालक थिङको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उहाँलाई थप उपचारका लागि चौघडाको स्थानिय मेडिकलमा पठाएको प्रहरीले जनाएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०