"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।  भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । ...
Read more

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी काठमाण्डौ – इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ । इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको उसको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । ...
Read more

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन काठमाण्डौ – नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ ।  एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो । आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल...
Read more

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी काठमाण्डौ – कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै २५ लाख किसान आबद्ध भएका जनाएको छ । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले...
Read more

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया चितवन – चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । अस्पतालका ‘इन्टरभेन्शनल रेडियोलोजिस्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले...
Read more

विद्युत् महशुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाण्डौ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौताको ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।  नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बाँकी बक्यौता तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली...
Read more

बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य सुरु

बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य सुरु काठमाण्डौ – सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।   पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा पन्छी नष्ट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ७२ फार्मका करिब पाँच लाख १५...
Read more

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि देशका प्रमुख सहरहरूको सार्वजनिक गरेको मौसम पूर्वानुमान विवरण अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। तराई र पश्चिम नेपालका केही सहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी तथा पूर्वी भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। आज दिउँसो विशेष गरी तराई क्षेत्रका सहरहरूमा मौसम अत्यन्तै...
Read more

‘सन् २०५० सम्म हवाई उडानलाई ‘नेट जिरो’ बनाउन असम्भव’

काठमाडौं । वैश्विक उड्डयन उद्योगलाई सन् २०५० सम्ममा पूर्ण रूपमा कार्बनमुक्त अर्थात् ‘नेट जिरो’ बनाउने लक्ष्य अधुरै रहने आशंका बढेको छ । विश्वभरका एयरलाइन्स प्रमुखहरूले ब्राजिलको रियो दी जेनेरियोमा आयोजित एउटा सम्मेलनमा हालको गतिलाई हेर्दा यो समयसीमाभित्र वातावरणीय संकल्प हासिल गर्नु व्यावहारिक नभएको स्वीकार गरेका छन् । वैश्विक एयरलाइन्स संस्था इयाटा र बेलायतसहित धेरै देशका सरकारले मात्र...
Read more
1 2 3 4 … 12

Trending News

Editor's Picks

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

चितवनमा ट्राफिक लाइट सञ्चालनको तयारी तीव्र, केही दिनभित्रै सञ्चालनमा आउने

चितवनको भरतपुर महानगरपालिकाका ६ वटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट छिट्टै सञ्चालनमा आउने भएका छन्। ट्राफिक लाइट सञ्चालनका लागि आवश्यक सडक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। ट्राफिक लाइट सञ्चालनलाई व्यवस्थित बनाउन आज बुधबारदेखि ६ वटै स्थानमा लेन मार्किङ, स्टपिङ लाइन तथा जेब्रा क्रसिङलगायतका सडक रेखाङ्कन गर्ने काम सुरु गरिएको छ। दसैँ,...

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत आर्थिक वर्ष...

पूर्वाधार मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।  कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै मन्त्रालयले उनीहरूलाई हटाएको प्रस्ट पारेको छ ।  सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल...

गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी निवासमै मृत फेला परेका छन् । सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेको डीएसपी विरेन्द्रवीर विश्वकर्माले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बिहान साढे ढिलासम्म पनि नउठेपछि प्रहरीले निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए । अचेत अवस्थामा भेटिएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०