"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा

Table of Content

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि देशका प्रमुख सहरहरूको सार्वजनिक गरेको मौसम पूर्वानुमान विवरण अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। तराई र पश्चिम नेपालका केही सहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी तथा पूर्वी भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।

आज दिउँसो विशेष गरी तराई क्षेत्रका सहरहरूमा मौसम अत्यन्तै गर्मी रहनेछ। मौसम पूर्वानुमान अनुसार धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही र भैरहवामा ‘तातो दिन’ रहनेछ। यी सहरहरूमा वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ भने तापक्रम उच्च रहनेछ। 

नेपालगञ्जको अधिकतम तापक्रम देशकै सबैभन्दा धेरै ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। त्यसैगरी धनगढीको तापक्रम ३८ देखि ४०, भैरहवाको ३७ देखि ३९ र वीरेन्द्रनगरको ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ।

गर्मीको विपरीत पहाडी क्षेत्र र अन्य केही सहरहरूमा भने आज दिउँसो वर्षाको सम्भावना रहेको छ। डडेल्धुरा, दिपायल, जुम्ला, सिमरा, काठमाडौँ, विराटनगर, जोमसोम, धरान र जनकपुरमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ। 

यस्तै, पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पोखराको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहने र वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ। काठमाडौँको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्नेछ।

आज रातिको मौसम भने धेरैजसो पश्चिमी र तराईका सहरहरूमा सफा रहनेछ। डडेल्धुरा, दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा राति आकाश मुख्यतया सफा रहनेछ। वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा भने आंशिक बादल लाग्नेछ भने जुम्लामा साधारणतया बादल लाग्नेछ। 

यता, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। पोखरामा भने दिउँसो जस्तै राति पनि मध्यम वर्षा नै जारी रहने पूर्वानुमान छ।

देशभरकै सबैभन्दा कम तापक्रम भने हिमाली जिल्लाहरूमा रहनेछ। आज राति जोमसोमको न्यूनतम तापक्रम ११ देखि १३ डिग्री सेल्सियस र जुम्लाको १३ देखि १५ डिग्री सेल्सियससम्म झर्ने पूर्वानुमान मौसम विभागले गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०