"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

Table of Content

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

काठमाण्डौ – इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ ।

इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको उसको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार पर्सिअन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए । यो मिशन इरानको अनुचित आक्रमणविरुद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले आफ्नो विज्ञप्तिमा जनाएको छ । इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । 

अपाचे हेलिकप्टरका दुई जना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ । यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो । 

इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दाबी गरेको छैन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arrestq-1735631732

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा...
20th-asian-games-1785977091

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।...
1769076389-4yTS1

वडास्तरमै मतदाता नामावली अद्यावधिक, स्थानीय तहलाई सहजीकरण गर्न आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि...
Harmuz_waterway_xsdwVqwAhX

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको...
1-1785931917

सार्वजनिक पुस्तकालयको ताला खुल्यो, पुस्तकका पाना खोल्न बाँकी

काठमाण्डौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०