"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

क्रिप्टो मुद्राको कारोबार गर्ने दुई जना २२ लाख नगदसहित काठमाण्डौबाट पक्राउ

Table of Content

क्रिप्टो मुद्राको कारोबार गर्ने दुई जना २२ लाख नगदसहित काठमाण्डौबाट पक्राउ

काठमाण्डौ  — काठमाण्डौबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई अहिले बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

लाजिम्पाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा (क्रिप्टो)को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तारालालको स्रोत नखुलेको २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेका चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकामाथी जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dhanraj_CzLUjFHikR

सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’

पोखरा । पोखरा बसपार्कमा रहेको सुकुमबासी बस्ती हटाएर त्यहाँ आधुनिक बसपार्क निर्माणको क्रममा छ पोखरा...
Nepal_Electricity_Authoriy_YABsTTE9tr

असारको बिजुलीमा भ्याट नलाग्ने : तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर...
nagdhunga-tunnel-1785135107

नागढुङ्गा सुरुङ मार्गमा यात्रा गर्नुअघि जान्नैपर्ने कुरा

काठमाण्डौ उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गामा निर्माण गरिएको सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ ।...
759420943_1030032186066644_646358051000507106_n-1785213135

देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, पाँच ठाउँमा कायमै

काठमाण्डौ – सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०