"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, पाँच ठाउँमा कायमै

Table of Content

काठमाण्डौ – सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । आज पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।

देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत् छ । त्यस्तै अनिश्चितकालाीन कर्फ्यु हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार आज बिहानदेखि शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय गरिने पनि उहाँको भनाइ छ । हरिनगरा, देवानगञ्ज, कप्तानगञ्ज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको हो । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरुबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०