"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

Table of Content

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाण्डौ – स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दाबीबापत एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । 

उहाँका अनुसार जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार निकासा गरिएकामा २७ गते थप २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरियो । मङ्सिरसम्मको बीमा दाबीमध्ये भुक्तानी दिन बाँकी सात अर्ब र पुसदेखि असारसम्मको साढे १४ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । 

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव काठमाण्डौ – अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढेको छ ।  दक्षिण लेबनानमा इजरायली आक्रमणमा चार जनाको ज्यान गएपछि युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप तीव्र बनेको हो । इरानले इजरायलले लेबनानमा भएको सहमति (समझदारी–पत्र) को ८४ पटक उल्लङ्घन गरेको दाबी गर्दै “कडा...

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो काठमाण्डौ – स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम...

विश्वकपमा मेस्सीको ह्याट्रिक

विश्वकपमा मेस्सीको ह्याट्रिक, क्लोजको कीर्तिमानसँग बराबरी काठमाण्डौ – साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् ।  अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे ।  सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो...

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित) काठमाण्डौ – औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ ।  विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र...

राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाट पक्राउ

काठमाण्डु– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। सोमबार अख्तियारले महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरेको हो।  स्रोतका अनुसार अर्याललाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बोलाएको थियो।  राहदानी विभागका महानिर्देशक अर्यालअघि प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख प्रेमकुमार राईसँग पनि सोही विषयमा छलफल गरेको थियो। त्यसलगत्तै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०