"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव

Table of Content

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव

काठमाण्डौ – अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढेको छ । 

दक्षिण लेबनानमा इजरायली आक्रमणमा चार जनाको ज्यान गएपछि युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप तीव्र बनेको हो । इरानले इजरायलले लेबनानमा भएको सहमति (समझदारी–पत्र) को ८४ पटक उल्लङ्घन गरेको दाबी गर्दै “कडा जवाफ” दिने चेतावनी दिएको छ । 

इजरायलतर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नाबातियाह क्षेत्रमा कम्तीमा चार जनाको ज्यान गएको कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा “अधिक जिम्मेवार हुनुपर्ने” भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ । 

ट्रम्पको भनाइपछि अमेरिका–इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ । अमेरिका–इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले सर्त पालना गरेमा “वास्तविक फाइदा” पाउन सक्ने बताउनुभएको छ । 

तर उनले इरानले आतङ्कवाद र आणविक कार्यक्रमलाई समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ । इरानका विदेश मन्त्री अब्बास अराक्चीले भने लेबनानमा तत्काल युद्धविराम र इजरायली फौजको फिर्ता कुनै पनि सम्झौताका अनिवार्य सर्त भएको बताउनुभएको छ । 

विश्व नेताहरूको समूह जी–७ ले अमेरिका–इरान सम्झौतालाई “ऐतिहासिक अवसर” भन्दै समर्थन जनाउँदै हर्मुज जलमार्गमा अवरोध नहोस् भन्ने आग्रह गरेको छ । 

मध्यपूर्वमा जारी यो नयाँ राजनीतिक–सैनिक घटनाक्रमले क्षेत्रीय स्थिरता र आगामी शान्ति प्रक्रिया कस्तो दिशामा जाने भन्ने प्रश्न थप जटिल बनाएको विश्लेषकहरूको भनाइ छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०