"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप फुटबलमा स्कटल्यान्डको विजयी शुरुआत

Table of Content

विश्वकप फुटबलमा स्कटल्यान्डको विजयी शुरुआत

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा स्कटल्यान्डले विजयी शुरुआत गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो । 

अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जीतसँगै उसले महत्वपूर्ण तीन अंक जोडेको छ । 

अहिले पौने १० बजे समूह ‘डी’ को अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् । यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो । 

मोरक्कोका  स्माइल साइबरीले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुबै टोलीले एक/एक अंक बाँडेका छन् । 

त्यस्तै स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । 

उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ ।। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०