"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालेन सरकारको कडा एक्सन् ! अध्ययन बिदापछि कार्यालयमा हाजिर नभएका कर्मचारीविरुद्ध कारबाही प्रक्रिया तीव्र

Table of Content

काठमाडौं । अध्ययन बिदा वा अन्य स्वीकृत बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई लामो समयसम्म अनुपस्थित रहने सरकारी कर्मचारीविरुद्ध सरकारले कारबाही प्रक्रिया तीव्र बनाएको छ।

मंगलबार विभिन्न सरकारी निकायहरूले यस्ता कर्मचारीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएका छन्। सार्वजनिक गरिएका सूचनाअनुसार पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अनुपस्थित रहेका ८ जना कर्मचारीसँग लिखित स्पष्टीकरण मागेको छ।

त्यसैगरी, उद्योग मन्त्रालयले एक जना कर्मचारीलाई तथा महालेखा परीक्षकको कार्यालयले पनि एक जना कर्मचारीलाई निर्धारित समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

सम्बन्धित निकायहरूले कर्मचारीहरूलाई तोकिएको अवधिभित्र उपस्थित भई आफ्नो अनुपस्थितिको कारण स्पष्ट पार्न आग्रह गरेका छन्। अन्यथा प्रचलित कानुन तथा निजामती सेवा सम्बन्धी व्यवस्था अनुसार आवश्यक विभागीय कारबाही अघि बढाइने चेतावनी समेत दिएका छन्।

सरकारले स्वीकृत बिदा समाप्त भएपछि पनि बिना जानकारी वा स्वीकृति लामो समयसम्म अनुपस्थित रहने कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्ने नीति अनुरूप पछिल्ला दिनमा यस्ता प्रक्रिया तीव्र बनाएको जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०