"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव

Table of Content

काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका सुकुमबासी बस्ती हटाइएका क्षेत्रहरूलाई हरियाली खुला क्षेत्र (पार्क) को रूपमा विकास गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुमबासी बस्तीका खाली ठाउँहरूमा पार्क तथा हरियाली क्षेत्र निर्माणका लागि आवश्यक डिजाइन र अवधारणा तयार पार्ने काम अघि बढेको सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवराज प्याकुरेलले बताए ।

उनका अनुसार खाली गरिएका क्षेत्रमा कस्ता संरचना बनाउने भन्ने विषयमा ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले गृहकार्य गरिरहेको छ ।

प्रवक्ता प्याकुरेलले खाली गराइएका स्थानहरूमा संरचना निर्माण र सौन्दर्यीकरणको काम बागमती एकीकृत विकास समितिले नै अघि बढाउने जानकारी दिए । ‘ती क्षेत्रहरूमा कस्ता संरचनाहरू बनाउने भन्ने डिजाइन र कन्सेप्ट बागमती सभ्यताका साथीहरूले तयार गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बागमती सभ्यताले नै सो क्षेत्रमा काम गर्ने जिम्मेवारी पाएको छ ।’

नदी किनारका खाली ठाउँहरूमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट प्रस्ताव गरिएको उनले बताए ।

सरकारले गत वैशाख १० गतेदेखि काठमाडौँ उपत्यकाका सुकुमबासी बस्ती खाली गराउने अभियान थालेको थियो । त्यको १५ दिनपछि सर्वोच्चले सुकुमबासी बस्ती खाली नगर्न अन्तरिम आदेश दिएको थियो । बागमती, मनोहरालगायत नदी किनारमा रहेको बस्ती हटाइसकेको थियो ।

सफा गर्ने कार्य सकियो, अब पूर्वाधार निर्माण थालिने

यस्तै बागमती, मनोहरालगायत नदी किनारमा पनि खुला र व्यवस्थित बनाउने अभियान सुरु भएको छ । खाली गरिएका ठाउँहरूमा थुप्रिएका भग्नावशेष पन्छाउने काम सकिसकेको छ । अब पार्क, हरियाली क्षेत्र र नदी बहाव क्षेत्र विस्तारका कामहरू अगाडि बढाउने कार्य भइरहेको छ ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार नदी किनारलाई अतिक्रमणमुक्त बनाई सौन्दर्यीकरण गर्ने र पर्यावरण जोगाउने योजनाअनुरूप यो कार्य अगाडि बढाइएको हो । बस्ती खाली गराइएका स्थानहरूमा कुनै नयाँ ठुला वा स्थायी भौतिक संरचनाहरू नबनाई सर्वसाधारणका लागि उपयोगी खुला पार्क निर्माण गरिने आयोजनाले जनाएको छ ।

समितिले बागमती, विष्णुमती र मनोहरालगायत उपत्यकाका मुख्य नदी कोरिडोरहरूको एकीकृत विकास र सुधारका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल ३ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ । यो बजेट हाल सरकारको वार्षिक बजेट स्वीकृतिको विभिन्न चरणमा छ ।

आयोजना निर्देशक महर्जनले अतिक्रमण हटाइएका नदी किनारका क्षेत्रहरूमा कोरिडोर सडक निर्माण, ढल व्यवस्थापन र नदी नियन्त्रणका कामहरूलाई मुख्य प्राथमिकता दिइने स्पष्ट पारेका छन् । कतिपय स्थानहरूमा कोरिडोर सडक अधुरो रहेको र नदीको बहाव क्षेत्र साँघुरो भएका कारण बर्खायाममा बाढीको उच्च जोखिम रहने गरेको छ । यस समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न नदीको चौडाइ बढाउने र आवश्यक स्थानमा ढल बिछ्याउने कार्य गरिने जानकारी दिए ।

‘हामीले नदीको गेग्रान हटाएर बहाव क्षेत्र सफा गर्ने (ड्रेजिङ) पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ,’ महर्जनले बताए, ‘अब त्यहाँ बाहिरबाट उपयुक्त माटो ल्याएर सम्याउने (लेयरिङ) र विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वृक्षरोपण गर्ने तयारी भइरहेको छ ।’ यस कार्यले उपत्यकाका नदीहरूलाई स्वच्छ र वातावरणमैत्री बनाउन मद्दत पुग्ने विश्वास आयोजनाको छ ।

३ अर्बको बजेट प्रस्ताव

समितिले बागमती, विष्णुमती र मनोहरालगायत उपत्यकाका मुख्य नदी कोरिडोरहरूको एकीकृत विकास र सुधारका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल ३ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ । यो बजेट हाल सरकारको वार्षिक बजेट स्वीकृतिको विभिन्न चरणमा छ ।

नदी किनारलाई अतिक्रमणमुक्त बनाई काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्य र ऐतिहासिक वातावरण फर्काउने समितिको अभियानमा स्थानीय समुदाय र सरोकारवालाहरूको रचनात्मक सहयोग आवश्यक रहेको आयोजनाले उल्लेख गरेको छ ।

महर्जनले भने, ‘आगामी वर्षको बजेट प्रस्ताव गरिसकेका छौँ र यो अहिले छलफल तथा स्वीकृतिको प्रक्रियामा छ । बजेट पारित भएपछि आउने रकमबाट पार्क बनाउनेदेखि लिएर विभिन्न कोरिडोर निर्माणका कामहरूलाई पूर्णता दिनेछौँ । ३ अर्बको माग त राखेका छौँ, तर अन्तिममा त्यसमध्ये कति रकम स्वीकृत भएर आउँछ, त्यो हेर्न बाँकी छ । बजेट स्वीकृत भएर आउनासाथ कामलाई रोक्दैनौँ, जति बजेट आउँछ, सोही आधारमा प्राथमिकता तय गरेर काम अघि बढाउनेछौँ ।’

बजेट पारित भई निकास भएलगत्तै सुकुमबासी बस्ती हटाएका स्थानमा पूर्वाधारका कामहरूले गति लिने आयोजना निर्देशक महर्जनको भनाइ छ । प्रस्तावित बजेट नदी किनारका सडकहरू पक्की गर्ने, खोलाको संरक्षण पर्खाल निर्माण गर्ने र हरियाली प्रवर्द्धन गर्नेलगायत बहुवर्षीय योजनाहरूमा परिचालन गरिनेछ ।

२ हजार ६०८ सुकुमबासी परिवारको लगत र पुनर्स्थापनाको तयारी

नदी किनारबाट विस्थापित भएका वास्तविक सुकुमबासीहरूको उचित व्यवस्थापनका लागिसमेत समितिले ठोस योजना अघि सारेको छ । हाल विस्थापितहरूलाई अस्थायी रूपमा विभिन्न ‘होल्डिङ सेल्टर’मा सुरक्षित राखिएको भए पनि उनीहरूलाई सधैँका लागि त्यहाँ राखिने छैन । समितिले वास्तविक सुकुमबासी पहिचान गरी उनीहरूलाई राहत रकम वितरण गर्ने र वैकल्पिक स्थानमा प्रतिस्थापन (पुनर्स्थापना) गर्ने कार्यक्रम तय गरेको छ ।

हालसम्म कुल २ हजार ६०८ सुकुमबासी परिवारले आफ्नो लगत दर्ता (रजिस्टर) गराएका छन् । यी दर्ता भएका परिवारहरूलाई राहत रकम उपलब्ध गराउन सरकारसँग थप बजेट माग गरिएको छ । ‘हामीसँग बजेट प्राप्त हुनासाथ दर्ता भएका र वास्तविक प्रमाणित सुकुमबासी परिवारलाई राहत वितरण गरी उनीहरूको पुनर्स्थापनाको प्रक्रिया अघि बढाउनेछौँ,’ महर्जनले स्पष्ट पारेका छन् ।

नदी किनारलाई अतिक्रमणमुक्त बनाई काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्य र ऐतिहासिक वातावरण फर्काउने समितिको अभियानमा स्थानीय समुदाय र सरोकारवालाहरूको रचनात्मक सहयोग आवश्यक रहेको आयोजनाले उल्लेख गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रिमियर कप क्रिकेट : जापानलाई हराउँदै नेपाल यू–१९ महिला टिम सेमिफाइनलमा

 नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले जापानमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो। नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले अविजित ४१...

प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग

चितवन । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ ।  कांग्रेसका कतिपय नेताहरूले अबको समीकरण नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग हुने बताइरहेको छ । उता, एमालेले पनि नेकपालाई...

मिटरब्याज पीडितहरुलाई ‘टाइम’ दिएर खोला अनुगमनमा व्यस्त गृहमन्त्री

बारा ३१ असार २०८३ मिटरब्याज पीडितहरूसँग छलफल गरी माग सम्बोधन गर्ने प्रतिबद्धतासहित बारा आइपुगेका गृहमन्त्री सुधन गुरुङ अन्य कार्यक्रममा व्यस्त बनेका छन्। वार्त्ताका लागि तय गरिएको समयभन्दा घण्टौं ढिला गरी गृहमन्त्री उद्योग र खोला अनुगमनमा केन्द्रित भएपछि निजगढमा प्रतिक्षारत मिटरब्याज पीडितहरू निराश बनेका हुन्। मङ्गलबार राति १० बजेसम्म चलेको पहिलो चरणको वार्तापछि बुधबार दिउँसो १२...

अनलाइन मिडिया र पत्रकारको प्रेस पास नवीकरण रोकिएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

रत्ननगर, ३१ असार ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका ३२७ अनलाइन सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरूको प्रेस पास नवीकरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुन लाग्दा समेत संघीय सरकारले छापाखाना र प्रकाशन नियमावली संशोधन...

अमेरिकाको रवैया नहटेसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाले आफ्ना सैन्य आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन खुला नगर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको आक्रमणक गतिविधि बन्द नगरेसम्म जलमार्गमा जहाज सञ्चालन अवरुद्ध रहने जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित जहाजहरूविरुद्ध पुनः नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि इरानले यस्तो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०