"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हिजोदेखि वर्षा केही कम, आज बिहानैदेखि चर्को घाम

Table of Content


काठमाण्डौ —
देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यसअनुसार ठूलो पानी परेन । गएराति गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भए पनि अरु ठाउँमा पानी परेन ।

आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा चर्को घाम लागेको छ । आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसुनी गतिविधि कमजोर देखिएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि भने मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ । भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ ।  महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन ।

बीच–बीचमा वर्षाको मात्रा घटबढ भइरहने भएकाले विशेषगरी पहाडी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्रै आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०