"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस स्स्थापनइतर समूहले युवा भेला गर्दै

Table of Content

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् ।

युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरिएको जानकारी दिए । ‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ उनले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’

चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू हुने भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहने बताइएको छ । नेता शाहीका अनुसार भेलाका लागि पाँच वटा एजेन्डा प्रस्ताव गरिएको छ ।

प्रस्तावित एजेन्डाहरू :

१. फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने ।

२.भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने ।

३. क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने ।

४. आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने ।

५. पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्ता (जेनजी) लाई हस्तान्तरण गर्ने ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०