"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

किन ढिलाई हुँदैछ तीनकुने–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास निर्माण

Table of Content

काठमाडौं । ट्राफिक जाम अत्यधिक हुने तीनकुने–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास निर्माणको काम थाल्न डेढदेखि दुई वर्ष लाग्ने भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागिएको हो। २ भदौ २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।

फ्लाइओभर र अन्डरपास निर्माणमा जानुअघि गरिनुपर्ने प्रक्रियागत काम भने सुस्त छ। आयोजनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा पनि पर्ने भएकाले यसमा काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए। ‘निर्माणका लागि जाइकाको सहुलियतपूर्ण ऋण सरकारबाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिबाट काम गर्नुपर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्नेछ।’ यसका लागि सीमित समय तोकेर काम गरिने उनले प्रस्ट्याए।

जहाज नआउने समयमा पनि काम गर्नुपर्छ, यसले गर्दा आयोजनाको समय बढ्न सक्छ। विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले सुरक्षामा ख्याल गर्नुपर्छ । अर्जुनप्रसाद अर्याल, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख ‘जहाज नआउने समयमा पनि काम गर्नुपर्छ, यसले गर्दा आयोजनाको समय बढ्न सक्छ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले सुरक्षामा ख्याल गर्नुपर्छ,’ अर्यालले भने, ‘निर्माण गर्ने समय निश्चित भएपछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने काम अघि बढाउँछौं।’ तीनकुनेमा सरकारी जग्गाको केही कित्ता अधिग्रहण गर्न बाँकी रहेको र प्राधिकरणको जग्गा किनेर लिने कि के कसरी अघि बढ्ने विषय केही दिनमै टुंग्याउने उनको दाबी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ३१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। यसका लागि प्राधिकरण सकारात्मक रहेको विभागको भनाइ छ।

पूर्वसम्भाव्यता अध्ययनअनुसार नयाँ बानेश्वरतर्फबाट बागमती पुल तर्नेबित्तिकै ९४ मिटरको रिटेनिङ वाल निर्माण गरिनेछ। त्यसपछि तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटरको फ्लाइओभर निर्माण हुने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए। त्यसपछि सय मिटरको रिटेनिङ वाल हुँदै ६ सय मिटरको अन्डरपास (सुरुङ) निर्माण गरिने उनको भनाइ छ। ‘यो कलंकीको जस्तै अन्डरपास होइन, जहाँ खुला छ,’ पौडेलले भने, ‘यहाँ अन्डरपास खुला हुँदैन, यो बन्द गरिएको बट्टा जस्तो हो।’

जडीबुटीतर्फ पनि २ सय ३८ मिटर दूरीको फ्लाइओभर बन्नेछ। त्यसलाई जोड्ने गरी १ सय १९ मिटरको रिटेनिङ वाल बनाइने पौडेलको भनाइ छ। यसको पूर्वसम्भाव्यता अध्ययन गर्न जाइकालाई करिब डेढ वर्ष लागेको थियो। जाइकाको अध्ययनअनुसार समग्र आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ। अहिले रहेको मुनिभैरव मन्दिर अन्डरपासमा पर्ने भएपछि त्यसलाई केही माथि सारिने सडक विभागको भनाइ छ।

यस खण्डमा सवारी चाप बढी हुने भएकाले सडक अवरोध नगर्ने गरी काम गरिने विभागको दाबी छ। ‘ठेक्काका सबै प्रक्रिया सकेर निर्माण थाल्न डेढदेखि दुई वर्ष लाग्न सक्छ,’ अर्यालले भने, ‘यसबारे सरोकारवाला निकायसँग पनि छलफल गर्नुपर्छ। सबै टुंग्याएर परामर्शदाता छानी डीपीआर बनाउने जिम्मा दिन्छौं। यो काम सक्न ६ महिनादेखि एक वर्ष लाग्छ।’

चालु आर्थिक वर्षमै डिजाइनको काम सक्ने विभागको योजना थियो। तर त्यसअनुसार सबै प्रक्रिया नटुंगिँदा यसको काम आगामी आर्थिक वर्षबाट मात्र सुरु हुने अर्यालको भनाइ छ। ‘कुन समयमा काम गर्दा विमानस्थललाई अवरोध हुँदैन, प्राधिकरणसँग छलफल गरेर तय गर्छौं। त्यसपछि मात्र लागत र निर्माण अवधिबारे थाहा हुन्छ,’ उनले भने। प्राधिकरणसँग यस विषयको राय माग गरिएको उनले सुनाए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो । कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय...

स्पेनका पूर्वप्रधानमन्त्रीले फ्रान्सेली विश्वकप टोलीबारे गरे ‘रंगभेदी’ टिप्पणी

काठमाडौं । स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा कोही वास्तविक फ्रान्सेली खेलाडी नरहेको आशयको टिप्पणी गरेका छन् । योसँगै स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भइरहेको छ । स्पेनले मंगलबार (नेपाल समयानुसार बुधबार बिहान) विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । आइतबार स्पेनिस अनलाइन समाचारमाध्यम एल डिबेटमा प्रकाशित एक विचार लेखमार्फत...

सुनचाँदीको भाउ घट्यो,  सुन तोलको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोवार

काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ...

खरबुजाको बीउ बरामद गर्न एसपीकै कमान्डमा ५५ प्रहरी परिचालन

झापा — भद्रपुर नगरपालिका–३ को एक निजी घरमा छापा मारेर ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख (एसपी) वसुन्धरा खड्काकै कमान्डमा ५५ जना प्रहरी परिचालन गरिएको छ । सामान्यतया यस्ता बरामदमा सीमित प्रहरी टोली खटिने भए पनि यसपटक जिल्ला प्रहरी कार्यालयले उच्च तहको कमान्ड र ठूलो संख्यामा जनशक्ति परिचालन गरेपछि अपरेसनको संवेदनशीलताबारे...

मोदी खोलाको बाढीले घर–रेष्टुरेन्ट बग्यो, घान्द्रुक सडक अवरुद्ध

काठमाण्डौ —  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको  लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ । बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०