"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाल-भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

Table of Content

नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्त कार्य समूहको आठौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ।

जुन ११ र १२ (जेठ २८ र २९ गते) सम्म चलेको बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा बनिरहेका विभिन्न रेलमार्गका विषयमा विस्तृत छलफल गरेका छन्। यहाँस्थित भारतीय दूतावासका अनुसार बैठकमा विशेषगरी भारत-नेपालबिचको जयनगर-बिजलपुरा-बर्दिबास र जोगबनी-विराटनगर ब्रोडगेज रेलमार्गको हालको प्रगतिबारे समीक्षा गरिएको छ।

यसपटकको बैठकमा बहुप्रतीक्षित जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयले प्राथमिकता पाएको छ। सो खण्डमा रेल सेवा सुरु गर्न आवश्यक पर्ने ‘मानक सञ्चालन कार्यविधि’ (एसओपी) का बारेमा दुवै पक्षबिच छलफल भएको छ।

यसका साथै, काठमाडौंलाई भारतसँग जोड्ने रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको ‘अन्तिम स्थान निर्धारण सर्वेक्षण’ (एफएलएस) प्रतिवेदन, पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप नयाँ रेलमार्गको सम्पर्क विस्तार गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ।

नेपाल र भारतबिच सीमापार रेल सञ्जाललाई अझ मजबुत बनाउन दुवै देशका अधिकारीहरूले जोड दिएका छन्। रेल क्षेत्रको सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउन आगामी दिनमा पनि निकट समन्वय र सहकार्यलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

capture1_8JPSMc1cA6

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा...
swarnim-wagle-1230-1024x624-1

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

२२ साउन, काठमाडौं ।रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत...
department_of_drug_iPVE1mBv1D

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ — नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२...
udhav-thapa_7F6rTkOozr

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । ...

ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग ६ वर्षको सम्झौता

ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०