"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एभरेष्ट बैंकले सुरु गर्‍यो नेपाल भारत क्रस बोर्डर रियल टाइम ‘पीटुपी’ रेमिट्यान्स सेवा

Table of Content

काठमाडौं-  नेपाल र भारतबीच अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता भएसँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४’ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यो डिजिटल सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्कालै रकम आदानप्रदान गर्न सक्ने जनाइएको छ। 

नयाँ व्यवस्थाअनुसार रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएको छ। जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ (भारु) १५ हजार र मासिक अधिकतम भारु एक लाखसम्म सहजै भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु दुई लाखसम्म नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउन सक्नेछन्। यस नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। 

साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडी मार्फत सिधै रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०