"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक

Table of Content

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक

काठमाण्डौ – कृत्रिम बुद्धिमत्ता (एआई) विकास गरिरहेको विश्वकै अग्रणी कम्पनीमध्ये एक एन्थ्रोपिकका सह–संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

अहिले एआई उद्योगसँग गति बढाउने ‘ग्यास पेडल’ भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ‘ब्रेक पेडल’ नभएको उहाँको भनाइ छ । बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोगबिना आफ्नै प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो ।

उहाँका अनुसार एन्थ्रोपिकको च्याटबोट ‘क्लाउड’ सञ्चालनका लागि प्रयोग हुने कोडमध्ये अहिले करिब ८० प्रतिशत कोड एआईले आफैँ लेखिरहेको छ । आउँदो दुई वर्षभित्र यो संख्या शतप्रतिशत पुग्न सक्ने उहाँको भनाइ छ ।

यदि एआईले आफ्नै कोड आफैँ लेख्न र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ । यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानुनी व्यवस्था बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।

क्लार्कले एआईको विकासलाई एक सय वर्षअघिको तेल उद्योगसँग तुलना गर्नुभएको छ । तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय बनाइएजस्तै एआईका लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाइ छ ।

एआईका कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनुभएको छ । विशेषगरी नियमित र दोहोरिने प्रकृतिका कामहरू गर्ने कर्मचारीहरू बढी प्रभावित हुन सक्ने उहाँको भनाइ छ ।

पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीहरूले एआईको बढ्दो प्रयोगलाई कारण देखाउँदै ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका छन् । तर सृजनशीलता, नयाँ सोच र जिज्ञासालाई एआईले सजिलै प्रतिस्थापन गर्न नसक्ने क्लार्कले बताउनुभएको छ । उहाँका अनुसार धेरै पढ्ने, फराकिलो सोच राख्ने र नयाँ विचार निकाल्न सक्ने मानिसहरू एआईको युगमा अझ बढी सफल हुन सक्छन् ।

एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनीमध्ये एक एन्थ्रोपिकले लामो समयदेखि एआईका सम्भावित जोखिमबारे बोल्दै आएको छ । यसका सह–संस्थापक ज्याक क्लार्कको पछिल्लो चेतावनीले पनि एआईको विकासलाई केवल प्रविधिको विषय नभई समाज, अर्थतन्त्र र मानव भविष्यसँग जोडिएको गम्भीर बहसका रूपमा हेर्नुपर्ने सन्देश दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०