"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

Table of Content

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष सुदीप गिरी ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिताको पुरस्कार राशिसमेत सार्वजनिक गरेका थिए। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ६१ हजार १६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ६१ हजार १६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता जेठ १९ गतेदेखि ३० गतेसम्म राप्ती नगरपालिका–१ स्थित खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राप्ती नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ र ११ गरी १० वटा वडा स्तरीय टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू दैनिक दिउँसो ३ बजेदेखि सञ्चालन गरिनेछन्।
पत्रकार सम्मेलनका प्रमुख अतिथि राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा शम्भु बिक, दिनेश, दिवश उप्रेती, कृष्ण पाठक, विशाल लो तथा सुरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई नगद रु. १ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक (कोच), उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड तथा सर्वाधिक गोल गर्ने खेलाडी लाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गिरीले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्नुका साथै वडा तहबाट खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
साथै आयोजक समितिले प्रतियोगिताका क्रममा सामान्य घाइते हुने खेलाडीहरूको उपचार खर्च आयोजक पक्षले व्यहोर्ने तथा गम्भीर प्रकृतिका घाइते खेलाडीहरूको उपचार सम्बन्धित वडाले व्यवस्थापन गर्ने जानकारी दिएको छ।
राप्ती नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न खेल गतिविधिहरू सञ्चालन गर्दै आएको सन्दर्भमा दोस्रो वडा कप फुटबल प्रतियोगिताले नगरभित्र खेल संस्कृतिको विकास र खेलाडी उत्पादनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०