"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

Table of Content


काठमाडौं ।
अमेरिकी सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त संस्था ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेको जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय कानुन र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको छ ।

‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत नियमन गर्नका लागि इरानले हालै गठन गरेको संस्था हो । इरान–अमेरिका तनाव चर्किएपछि इरानी सेनाले जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको थियो ।

अमेरिकी अर्थ मन्त्रालयले उक्त संस्थासँग सहकार्य गर्ने व्यक्ति वा कम्पनीहरू पनि प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार, यस्ता गतिविधिहरूले ईस्लाकिन रेभुलुसनरी गार्ड्सलाई सहयोग पुग्ने तथा उसले सञ्चालन गरेको अवैध असुली प्रणालीलाई फाइदा पुग्ने दाबी गरिएको छ ।

विगत केही महिनादेखि होर्मुज जलमार्गमा तनाव बढ्दै गएको छ । धम्की, निरीक्षण तथा सम्भावित आक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय ढुवानी गतिविधि प्रभावित भएको र विश्व बजारमा इन्धनको मूल्य समेत बढेको बताइएको छ ।

इरानले भने आफूले होर्मुजको मार्ग बन्द नगरेको दाबी गर्दै आएको छ । तर, विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, जहाजहरूले इरानी अधिकारीहरूसँग समन्वय गरेपछि मात्र इरानी तटनजिकको विशेष कोरिडोरमार्फत जलमार्ग पार गर्न अनुमति पाउने गरेका छन् ।

पश्चिमी देशहरू, खाडी मुलुकहरू तथा अन्तर्राष्ट्रिय शिपिङ कम्पनीहरूले इरानले जहाजहरूबाट ‘टोल’ असुल गरेको आरोप लगाउँदै त्यसको विरोध गरिरहेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०