"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबीपछि बढ्यो कच्चा तेलको मूल्य

Table of Content

एजेन्सी । इरानमा भएको नयाँ अमेरिकी आक्रमणले हर्मुज जलयोजक मार्फत हुने व्यावसायिक ढुवानीमा अवरोध आउन सक्ने डर फेरि बढाएपछि बिहीबार तेलको मूल्य बढेको छ ।

विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारल ९७.२९ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति ब्यारल ९१.७१ डलर पुगेको छ ।

इरानको अर्ध–सरकारी तस्निम न्युज एजेन्सीका अनुसार, इरानको रिभोलुसनरी गार्ड्सले स्थानीय समय अनुसार बिहान ४ः५० बजे अमेरिकी हवाई अड्डामा आक्रमण गरेको बताएको छ यद्यपि आईआरजीसीले उक्त बेसको स्थान भने खुलाएको छैन ।

अमेरिकी अधिकारीहरूले सेन्ट्रल कमान्ड फोर्सले हर्मुज जलयोजक नजिकै खतरा पैदा गर्ने चारवटा इरानी वान–वे अट्याक ड्रोनहरू खसालेको बताएका छन् । अमेरिकी सेनाले बन्दर अब्बासस्थित एक इरानी ग्राउन्ड कन्ट्रोल स्टेशनमा पनि आक्रमण गरेको छ । त्यहाँबाट पाँचौं ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको थियो ।

यो पछिल्लो तनाव अमेरिकी सेनाले दक्षिणी इरानमा आत्मरक्षाका लागि गरिएको आक्रमण भनेर वर्णन गरेको केही दिनपछि सुरु भएको हो । उक्त आक्रमणमा कथित रूपमा समुद्री माइन बिछ्याउन खोजिरहेका जहाज र मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गरिएको थियो । अमेरिकी सेन्ट्रल कमान्डले यो अपरेसन अमेरिकी सेना र व्यावसायिक ढुवानी मार्गको सुरक्षाका लागि गरिएको बताएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले पछि इरानी आकाशमा प्रवेश गरेका अमेरिकी ड्रोन र एफ–३५ लडाकु विमान पत्ता लगाई प्रतिकार गरेपछि युद्धविराम उल्लंघनको जवाफ दिने बताएको छ । एक अमेरिकी अधिकारीले पछिल्लो आक्रमणले अमेरिकी सेना र जलयोजकबाट आवतजावत गर्ने समुद्री ट्राफिकका लागि खतरा मानिएको इरानी सैन्य सुविधालाई लक्षित गरेको बताए ।

यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पले इरान रित्तिएको अवस्थामा वार्ता गरिरहेको बताए र आगामी अमेरिकी मध्यावधि निर्वाचनले आफूलाई करिब तीन महिना लामो द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि हतार गर्न दबाब नदिने बताए ।

बुधबार ढिलो गरी जारी गरिएको एक नोटमा सिटी बैंकले वाशिङटन र तेहरानबीचको वार्तामा प्रगतिको संकेत देखिएकाले लगानीकर्ताहरूले गम्भीर आपूर्ति अवरोधको जोखिमलाई कम आँक्न थालेको र तेल बजार स्थिर हुँदै गएको बताएको छ ।

यद्यपि, बैंकले कुनै पनि सम्झौता हुने समयको बारेमा अनिश्चितता कायमै रहेकाले केन्द्रीय बैंकहरू अझै सतर्क रहेको बताएको छ ।

कच्चा तेलको मूल्यमा भइरहेको निरन्तर वृद्धिले दोस्रो चरणको प्रभाव मार्फत व्यापक मुद्रास्फीतिको दबाब बढाउन थालेको सिटीले थपेको छ । यसले केही केन्द्रीय बैंकहरूलाई अझ कडा मौद्रिक नीतितर्फ धकेलिरहेको छ ।

स्विस लगानी बैंक यूबीएसले शुक्रबार हर्मुज जलयोजकबाट हुने ढुवानीमा अवरोध आएका कारण भण्डारण घट्दै जाँदा विश्वव्यापी तेल बजारमा दबाब बढ्दै गएको बताएको छ । बैंकले मार्च र अप्रिल महिनामा विश्वव्यापी तेल भण्डारणमा कुल २४ करोड ६० लाख ब्यारल गिरावट आएको र मे अन्त्यसम्ममा कुल उत्पादन घाटा १ अर्ब ब्यारल नाघ्न सक्ने उल्लेख गरेको छ ।

विश्लेषकहरूले सम्झौता भए पनि जलयोजकमा ढुवानी गतिविधि सामान्य हुन धेरै महिना लाग्न सक्ने र क्षतिग्रस्त ऊर्जा पूर्वाधार पूर्ण रूपमा मर्मत हुन अझ लामो समय लाग्न सक्ने बताएका छन् ।

यसै महिनाको सुरुमा साउदी अरामकोका सीईओ अमीन नासिरले हर्मुजमा हुने अवरोधले विश्वव्यापी तेल बजारको स्थिरतालाई सन् २०२७ सम्म धकेल्न सक्ने चेतावनी दिएका थिए । त्यसबाट प्रति हप्ता करिब १० करोड ब्यारल तेल आपूर्ति प्रभावित हुन सक्छ । साउदी अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो ।

मोर्गन स्टेनलीले वर्तमान तेल बजारलाई समयसँगको दौडको रूपमा वर्णन गर्दै हर्मुज जलयोजक जुनसम्म बन्द रह्यो भने अहिलेसम्म तेलको मूल्यमा तीव्र वृद्धिलाई रोकिरहेका कारकहरू कमजोर हुन सक्ने बताएको छ ।

ब्रोकरेज फर्मले अमेरिकाको उच्च कच्चा तेल निर्यात र चीनको कम मागले आपूर्तिको झड्कालाई केही हदसम्म कम गर्न मद्दत गरेको बताएको छ । तर, हर्मुज लामो समयसम्म बन्द रह्यो र अवरोधहरू अमेरिका र चीनले धान्न सक्ने क्षमताभन्दा बाहिर गयो भने विश्वव्यापी आपूर्ति पुनः कसिलो हुन सक्ने उसले चेतावनी दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०