"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

Table of Content

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

काठमाण्डाै – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका थिए ।

महानगरले पटक–पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख ४ गतेको कार्यपालिका बैठकले ३५ दिने अन्तिम सूचना दिएको थियो । निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढाइएको जानकारी दिनुभयो । अब भत्काइएका भवनको जग्गामा भित्री सडक दुई लेनको बनाउने महानगरको योजना छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

काठमाडौं । उजुरी मागेको दुई सातामै सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति छानबिन आयोगमा २५० भन्दा बढी उजुरी परेका छन् । गएको वैशाख ३१ गते आयोगले भ्रष्टाचार वा अरू अपराध गरेर सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीविरुद्ध उजुरी आह्वानको सूचना निकालेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन...

अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबीपछि बढ्यो कच्चा तेलको मूल्य

एजेन्सी । इरानमा भएको नयाँ अमेरिकी आक्रमणले हर्मुज जलयोजक मार्फत हुने व्यावसायिक ढुवानीमा अवरोध आउन सक्ने डर फेरि बढाएपछि बिहीबार तेलको मूल्य बढेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारल ९७.२९ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति ब्यारल ९१.७१ डलर...

होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । अमेरिकी सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त संस्था ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेको जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय कानुन र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको छ । ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत...

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे काठमाण्डाै – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका...

२३ भदौमा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

काठमाडौँ —   राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।  आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०