"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलेश्वर कारागार तोडेर भागेका २५० कैदीबन्दी अझै फरार, ३२६ जना फर्किए

Table of Content

जनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले बताए।

गत भदौ २३ र २४ गते देशभर चलेको आन्दोलनका क्रममा भदौ २४ गते महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित जलेश्वर कारागार तोडेर कैदीबन्दी भागेका थिए। भाग्नेमा ४० जना भारतीय नागरिकसमेत थिए।

कारागार प्रशासनले भदौ २५ गते नै सञ्चारमाध्यममार्फत सबै फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेको थियो। त्यसयता विभिन्न समयमा कैदीबन्दी आफैँ उपस्थित हुँदै आएका छन्। कारागार प्रमुख क्षेत्रीका अनुसार हालसम्म ३१६ नेपाली र १० भारतीय गरी जम्मा ३२६ जना फर्किसकेका छन् भने फर्किने क्रम अझै जारी छ। ‘सुरुदेखि नै हामीले सबैलाई फर्किन आग्रह गरेका थियौँ, अहिले पनि केही कैदीबन्दी आफैँ आएर उपस्थित भइरहेका छन्,’ क्षेत्रीले भने।

फर्किने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा नेपालको प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। यस्तै, फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही हुने क्षेत्रीले प्रस्ट पारे। भागेका कैदीमध्ये १३ जनालाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई पुनः नेपाल फर्काएर कारागारमा बुझाउन भारतीय प्रहरीले सहयोग गरेको थियो भने बाँकी कैदीबन्दी स्वेच्छाले फर्किएका हुन्।

देशकै पुराना कारागारमध्ये एक मानिने जलेश्वर कारागार वि.सं. १९१३ मा निर्माण भएको हो। केही नयाँ भवन बने पनि अधिकांश संरचना पुरानै छन्। जलेश्वर नगरपालिका–२ मा करिब ६ बिघा जग्गा उपलब्ध भए पनि अहिलेसम्म नयाँ भवन निर्माणको काम अघि बढ्न सकेको छैन। पुरानो र जीर्ण भवनकै भरमा कारागार सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार २०० जना राख्ने क्षमता रहेको कारागारमा अहिले त्यसको दोब्बरभन्दा बढी कैदीबन्दी छन्। धनुषा र महोत्तरीलगायत जिल्लाका कैदीबन्दी यही कारागारमा राखिन्छन्। अन्य जिल्लाबाट ल्याइने थुनुवालाई समेत यहीँ व्यवस्थापन गर्नुपर्दा चाप बढ्दै गएको छ। वर्षायाम सुरु हुन लागेकाले डुबानको जोखिमसमेत रहेको प्रशासनले जनाएको छ।

कारागार प्रमुख क्षेत्रीले खानेपानी र खानाको व्यवस्थापन सामान्य अवस्थामा रहे पनि औषधिको व्यवस्थापनमा समस्या रहेको बताए। ‘खाना र पानीको व्यवस्थापन भइरहेको छ तर कैदीबन्दी धेरै भएकाले औषधिको समस्या भइरहेको छ,’ उनले भने, ‘बजेट पर्याप्त नहुँदा आवश्यक औषधि समयमा जुटाउन गाह्रो भइरहेको छ।’ समयमै औषधि उपलब्ध गराउन नसक्दा बिरामी कैदीबन्दीलाई थप समस्या हुने गरेको र पुरानो भवन तथा भिडभाडका कारण सङ्क्रमण फैलिने जोखिमसमेत बढेको उनले बताए।

नयाँ भवन निर्माण भए व्यवस्थापनमा धेरै सहज हुने कारागार प्रशासनको भनाइ छ। पर्याप्त ठाउँ र आधुनिक संरचना बनेपछि कैदीबन्दीका लागि पुस्तकालय, सीपमूलक तालिम, खेलकुद तथा अन्य सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सहज हुने प्रमुख क्षेत्रीले बताए।

केही दिनअघि कारागार जीवन बिताएर छुटेका एक व्यक्तिले पनि कारागारभित्रको अवस्था सुधार गर्नुपर्ने बताए। कारागारभित्र सामान्य व्यवस्थापन भए पनि कैदीबन्दीले कष्टकर जीवन बिताउनुपरेको उनको गुनासो छ। ‘दिनभर एउटै ठाउँमा बस्नुपर्छ, मनोरञ्जन, खेलकुद वा पुस्तकालयको राम्रो व्यवस्था छैन,’ उनले भने, ‘सीप सिक्ने ठाउँ र काम गर्ने वातावरण भए कैदीबन्दीलाई भविष्यमा जीविकोपार्जन गर्न सजिलो हुन्थ्यो।’ अवसर नहुँदा धेरै कैदीबन्दी एक्लोपन र मानसिक तनावको समस्यामा पर्ने गरेको बताउँदै उनले कारागारलाई सजाय दिने ठाउँ मात्रै नभई सुधार केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार रहेका कैदीबन्दीको खोजतलास जारी रहेको बताए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरेर खोजी कार्य भइरहेको छ। ‘फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालित छन्, खोजी कार्य निरन्तर जारी छ,’ उनले भने।

पुरानो संरचना, सीमित स्रोतसाधन र बढ्दो कैदीबन्दीको चापका बिच जलेश्वर कारागार अहिले गम्भीर चुनौतीसँग जुधिरहेको छ। नयाँ भवन निर्माण र सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सके मात्रै कारागार व्यवस्थापन सहज हुने जलेश्वर–२ का नागरिक समाजका अगुवा राकेश चौधरी बताउँछन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०