"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

Table of Content

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

list 5

विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्तिसम्बन्धी यो विषय विवादमा तानिएको हो । प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म उजुरी परेको छ । 

५ जनाको नियुक्तिसम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिएपनि खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरीरुपमा निर्णय गरेर सुशासनलाई नै धक्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ । 

२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो ।

12

जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा  उल्लेख छ । 

ujuri

उजुरीमा भनिएको छ, ‘पारदर्शिता, निष्पक्षता तथा सुशासनको मर्मलाई आत्मसात् गर्दै सम्बन्धित उम्मेदवारहरूको प्राप्तांकसहित विस्तृत नतिजा सार्वजनिक गर्न तथा आवश्यक छानबिनपश्चातमात्र नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीज्यूसमक्ष विनम्र अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ । यस विषयमा प्रधानमन्त्री बालेन शाहसमक्ष ब्रिफिङ भइसकेको र आन्तरिक छानबिन चलिरहेको स्रोतको दाबी छ । 

स्रोतका अनुसार आवेदन दिने २४ जनालाई वैशाख २५ गतेको सूचनाअनुसार २७ गते अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा सहभागी गराइएको थियो । उक्त प्रस्तुतीकरणमा कम नम्बर पाएकाहरूलाई नै चलखेलका आधारमा नियुक्ति दिइएको दाबी उजुरीमा उल्लेख छ । 

1
2

यस्तो सञ्चालक नियुक्ति गर्दा शैक्षिक योग्यतालाई अंकभार ४, अनुभवका लागि अंकभार ४, व्यावसायिक कार्ययोजनका लागि अंकभार १५ र प्रस्तुतीकरणका लागि पनि अंकभार १५ नै कायम गरिएको छ । यस्तै अन्तरवार्ताका लागि अंकभार १० कायम गरिएको छ । नेपाल वायुसेवा निगम ऐन २०१९ तथा नियमावलीमै यो व्यवस्था रहेको छ । 

उसो त मन्त्री पौडेलले सार्वजनिक रुपमै यसअघि सञ्चालक पदपूर्ति गर्दा योग्यता र क्षमताको आधारमा पदपूर्ति गर्ने बताएका थिए । तर, नियुक्ति गर्दा भने चलखेलको आधारमा निर्णय भएको आरोप लागेको हो।  यस विषयमा प्रतिक्रिया लिन मन्त्री पौडेललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । 

तर मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले उक्त नियुक्ति पूर्णतः योग्यताका आधारमा भएको दाबी गरे । 

उनले वैशाख ३१ गते गरिएको नियुक्तिमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा नातावाद नभएको स्पष्ट बताए । आचार्यले आइतबार बिहान रातोपाटीसँग भने, ‘कानुनी रूपमा माननीय मन्त्रीज्यूले सीधै कसैलाई पनि बोर्ड सदस्यमा नियुक्त गर्न सक्ने व्यवस्था छ । यसका लागि खुला प्रतिस्पर्धामा जानुपर्ने अनिवार्य व्यवस्था नै थिएन ।  तर, यसपटक हामीले खुला प्रतिस्पर्धामै गएर पूर्णतः पारदर्शी र निष्पक्ष प्रक्रिया अपनाएका छौँ।’

उनका अनुसार नियुक्ति प्रक्रियामा सहभागी उम्मेदवारहरूको कार्ययोजना विज्ञहरूद्वारा गोप्य रूपमा मूल्याङ्कन गरिएको थियो। ‘विज्ञ टोलीले कार्ययोजनाको आधारमा गरेको मूल्याङ्कनमा जो उत्कृष्ट ठहरिए, उनीहरूलाई नै मेरिटको आधारमा नियुक्त गरिएको हो,’ उनले थपे।

नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयलगायतका निकायमा उजुरी परेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यसको अर्थ नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उजुरी हाल्ने कुरा आफ्नो ठाउँमा होला, तर यो नियुक्ति पूर्णतः विधि सम्मत, पारदर्शी र मेरिट बेस छ। यसमा कुनै समस्या छैन।’

नेपाल एयरलाइन्सको खस्कँदो साख बचाउन र संस्थालाई गति दिनका लागि योग्य व्यक्तिहरूको चयन गरिएको मन्त्रालयको दाबी छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

NRB_Bank_final_iKM3hHv13C

आज बिदाको दिन बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

काठमाण्डौ – नेपाल राष्ट्र बैंङ्कले आज सार्वजनिक बिदाका दिन पनि बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक...
dofe_tahachal_GHIMIQuJ5U-1788837895

इजरायलका स्याहार केन्द्रमा १ हजार ४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाण्डौ – इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक...
default

एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टिभीले पायो, टिकेटिङ पार्टनरमा ई–सेवा

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त...
subashjung-thapa-1788784374

सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०