"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

Table of Content

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्।

वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक अन्तर्गत प्राप्त दुई बन्टल जस्तासहित आवश्यक अन्य सामग्री जस्तै प्लेन सिट, काटी तथा मिस्त्री ज्यालाका लागि स्थानीय स्तरमै रकम संकलन गरिएको थियो। साथै छाना फेर्ने कार्यमा स्थानीय युवाहरूले श्रमदानसमेत गरेका थिए।

कार्यक्रम सफल बनाउन रकम संकलनका लागि पहल गर्ने फुलमान थिङ तामाङ, श्रमदानमा सहभागीका लागि खाना व्यवस्थापन तथा वडाको बजेट समन्वय गर्ने Gresh Tamang, साथै बजेट व्यवस्थापनका लागि विशेष पहल गर्ने Bal Krishna Lama लगायतको योगदानलाई युवा समाजले विशेष धन्यवाद दिएको छ।

त्यसैगरी, श्रमदानमा सहभागी घलान चोकका युवाहरू तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति पनि समाजले आभार व्यक्त गरेको छ।

घलान चोक युवा समाजले आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ, सहयोग र एकता कायम रहिरहने अपेक्षा गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०