"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Table of Content

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ ।

मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई रत्ननगर सडक मानवमुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर सापकोटा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । रत्ननगरका १६ वटै वडालाई वडा सडक मानवमुक्त भएको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले चितवन जिल्लाबाट सडकमा आश्रित एक हजार २१५ जना मानिसलाई उद्धार गरिएको बताए । चितवनमा हाल ६ जना बालबालिका, ६३ जना महिला र ५६ जना पुरूष गरी १२६ जना मानवसेवा आश्रममा रहेको उनले बताए । सरकारलाई सडकआश्रित मानिसको व्यवस्थापनको दायित्वबोध गराउन १३ वर्ष लागेको भन्दै कतिपय पालिकाहरुले उक्त काममा अझै पनि बेवास्ता गरेको उनको भनाइ छ ।

मानवसेवा आश्रमले अहिलेसम्म देशभरबाट १३ हजार ४४७ जना सडकमा आश्रित मानिसको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ५ हजार ६४० जनालाई पारिवारिक पुनर्मिलन तथा एक हजार ७२४ जनालाई सामुदायिक पुनर्स्थापना गरिएको छ ।

भरतपुर महानगर, राप्ती, माडी र इच्छाकामना गाउँपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । आज शुक्रबार खैरहनी र भोलि शनिबार कालिका नगरपालिकालाई सडक मानवमुक्त घोषणा गरी यही महिना जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जिल्ला घोषणा कार्यक्रममा प्रदेश सडक मानवमुक्त घोषणाका लागि मिति तय गरिने अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मानिसले सडकको सहारा लिनु अत्यन्तै दुःखद पक्ष रहेको बताए । मेयर सापकोटाले समाजमा मानवता हराउँदै गएको भन्दै उनले आफूले कमाएको केही हिस्सा दीनदुःखीको सेवामा लगानी गर्नुपर्ने बताए । गरिब, असहाय र अपाङ्गता भएकाहरुको सेवा गर्दागर्दै आफू मेयर भएको भन्दै उनले पदमा रहँदा दिन्छु भन्दा पनि कानुनले बन्देज गरेको उल्लेख गरे ।

उपमेयर यादवप्रसाद पाठकले सहयोगापेक्षी सडक मानवमुक्त घोषणालाई प्रभावकारी बनाउँदै लैजाने बताए । २०६९ भदौ १३ गते स्थापना भएको मानवसेवा आश्रमको २३ जिल्लामा ३३ वटा सेवा केन्द्र छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०