"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Table of Content

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ ।

मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई रत्ननगर सडक मानवमुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर सापकोटा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । रत्ननगरका १६ वटै वडालाई वडा सडक मानवमुक्त भएको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले चितवन जिल्लाबाट सडकमा आश्रित एक हजार २१५ जना मानिसलाई उद्धार गरिएको बताए । चितवनमा हाल ६ जना बालबालिका, ६३ जना महिला र ५६ जना पुरूष गरी १२६ जना मानवसेवा आश्रममा रहेको उनले बताए । सरकारलाई सडकआश्रित मानिसको व्यवस्थापनको दायित्वबोध गराउन १३ वर्ष लागेको भन्दै कतिपय पालिकाहरुले उक्त काममा अझै पनि बेवास्ता गरेको उनको भनाइ छ ।

मानवसेवा आश्रमले अहिलेसम्म देशभरबाट १३ हजार ४४७ जना सडकमा आश्रित मानिसको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ५ हजार ६४० जनालाई पारिवारिक पुनर्मिलन तथा एक हजार ७२४ जनालाई सामुदायिक पुनर्स्थापना गरिएको छ ।

भरतपुर महानगर, राप्ती, माडी र इच्छाकामना गाउँपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । आज शुक्रबार खैरहनी र भोलि शनिबार कालिका नगरपालिकालाई सडक मानवमुक्त घोषणा गरी यही महिना जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जिल्ला घोषणा कार्यक्रममा प्रदेश सडक मानवमुक्त घोषणाका लागि मिति तय गरिने अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मानिसले सडकको सहारा लिनु अत्यन्तै दुःखद पक्ष रहेको बताए । मेयर सापकोटाले समाजमा मानवता हराउँदै गएको भन्दै उनले आफूले कमाएको केही हिस्सा दीनदुःखीको सेवामा लगानी गर्नुपर्ने बताए । गरिब, असहाय र अपाङ्गता भएकाहरुको सेवा गर्दागर्दै आफू मेयर भएको भन्दै उनले पदमा रहँदा दिन्छु भन्दा पनि कानुनले बन्देज गरेको उल्लेख गरे ।

उपमेयर यादवप्रसाद पाठकले सहयोगापेक्षी सडक मानवमुक्त घोषणालाई प्रभावकारी बनाउँदै लैजाने बताए । २०६९ भदौ १३ गते स्थापना भएको मानवसेवा आश्रमको २३ जिल्लामा ३३ वटा सेवा केन्द्र छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०