"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

Table of Content

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

काठमाण्डौ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव माग्नुभएको हो ।

भेटका क्रममा मन्त्री डा वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ । बजेट निर्माणमा पूर्वअर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुशरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो ।

छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरुले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभएको छ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अत्यधिक महत्त्वाकाङ्क्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धिदर १० देखि १२ प्रतिशतको सीमाभित्र राख्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै साना, मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको सङ्ख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो ।

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बूढी गण्डकीजस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो ।

छलफलमा सहभागी अधिकांश पूर्वअर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०