"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सर्वोच्च अदालतको निर्देशनात्मक आदेश– भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू सल्लाहकार बन्न अयोग्य मानिने कानुनी व्यवस्था मिलाउनू

Table of Content

काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ ।

मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेको विषयलाई लिएर सिरहा जिल्ला, गोलबजार नगरपालिका–९ निवासी बाबुलाल मण्डलले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका नाममा यस्तो निर्देशनात्मक आदेश दिएको हो ।

उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले गत माघ ४ गते फैसला सुनाएको थियो, जसको पूर्णपाठ हालै सार्वजनिक गरिएको हो ।

रिट निवेदकले मधेसका तत्कालीन भौतिकमन्त्री रामसरोज यादवले सल्लाहकारमा नियुक्त गरेका चौधरी सरकारी कर्मचारी रहेको र निजमाथि विशेष अदालतले भ्रष्टाचार मुद्दामा ४ महिना कैद तथा तीन लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको जिकिर गरेका थिए ।

इजलासले लिखित जबाफ माग गरेपछि चौधरीले भने भ्रष्टाचारका सम्बन्धमा आफूविरुद्ध विशेष अदालतले गरेको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको र इजलासमा रायबाझी हुँदा पूर्ण इजलासमा विचाराधीन रहेको जिकिर गर्दै रिट खारेजी हुनपर्ने लिखित जबाफ पठाएका थिए ।

सर्वोच्च अदालतले उक्त रिटका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठमा राजनीतिक पदमा निर्वाचित मन्त्रीजस्तो व्यक्तिले भ्रष्टाचारको मामिलामा आचरण र व्यवहारबाट समेत शून्य सहनशीलताको रणनीति लिन आवश्यक हुने प्रस्ट पारेको छ । ‘भ्रष्टाचारको आरोप लागेका, मुद्दा विचाराधीन रहेका तथा सुरु तहबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई मन्त्रीको सल्लाहकारको रूपमा मन्त्रालयमा राखिन्छ भने त्यस्तो मन्त्रालय एवं सरकारबाट सुशासन प्रवर्द्धन हुन्छ भन्ने जनताको विश्वास समाप्त हुन पुग्दछ,’ फैसलामा भनिएको छ ।

फैसलामा राज्यको राजनीतिक अङ्गमा पदासीन व्यक्तिहरू र शासन व्यवस्थाका संरचनाप्रति जनताको आस्था र विश्वास घटिरहेको वर्तमान परिप्रेक्ष्यमा हरेक निर्वाचित व्यक्ति सुशासन र जबाफदेहिताको मूल्यप्रति पूर्ण समर्पित हुन आवश्यक रहेको पनि उल्लेख छ । ‘संविधान र कानुनले प्रस्ट निषेध गरेको छैन भनी संवैधानिक एवं कानुनी व्यवस्थाको छिद्रान्वेषण गर्ने प्रवृत्ति निर्वाचित व्यक्तिहरूले त्याग्नु पर्दछ,’ फैसलामा भनिएको छ ।

कानुनको औपचारिक प्रावधानले भ्रष्टाचारको कसुरमा सुरु तहबाट सजाय पाएको र पुनरावेदन तहमा मुद्दा विचाराधीन रहेको व्यक्तिलाई सल्लाहकारमा नियुक्त गर्न निषेध गरेको छैन भनी त्यस्ता व्यक्तिहरूलाई शासकीय संरचनाको मूल प्रवाहीकरणमा स्थान दिने हो भने आमजनताले समग्र संरचनालाई नै दुषित र भ्रष्ट देख्ने र महसुस गर्ने जोखिम रहने पनि अदालतले प्रस्ट पारेको छ ।

मधेस प्रदेशमा सुशासन र संवैधानिक नैतिकताको मान्यतालाई प्रवर्द्धन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रादेशिक मन्त्रालयहरूले नियुक्त गर्ने सल्लाहकारहरूको नियुक्तिको कार्यविधि, योग्यता र सेवाका शर्त तथा त्यस्ता सल्लाहकारहरूले पालना गर्नुपर्ने आचरण सम्बन्धी नियमहरू समेटिएको नियम ६ महिनाभित्र लागु गर्न पनि सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।

https://drive.google.com/file/d/1mfnc3_Ucx8xmEjNekFD1vwTJ52CGQPIO/preview

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०