"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पादकीय विशेष – चार वर्षको उतारचढावपछि फेरि लयमा फर्किंदै राप्ती नगरपालिका

Table of Content

२०७९ जेठ ६ गते राप्ती नगरपालिका ले नयाँ राजनीतिक नेतृत्व पायो। स्थानीय तह निर्वाचनपछि नगर प्रमुखको रूपमा शमशेर लामा ले पदभार ग्रहण गर्दा जनतामाझ ठूलो अपेक्षा थियो। “गाँस, बास र कपास” लाई आफ्नो मूल अठोट बनाएका लामाले पद सम्हालेको प्रारम्भिक वर्षमै जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रम ल्याएर नगरलाई नयाँ आशाको दिशातर्फ डोर्याएका थिए।

स्थानीय सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको समयमा राप्ती नगरपालिकाले शिक्षा, स्वास्थ्य, आवास, कृषि र सामाजिक सुरक्षाका क्षेत्रमा केही यस्ता निर्णय गर्‍यो, जसले नगरलाई प्रदेशकै चर्चित पालिकामध्ये एक बनायो। प्रारम्भिक चरणमा देखिएको सक्रियता र जनमुखी कार्यक्रमले नेतृत्वको लोकप्रियता मात्र बढाएन, जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव समेत पार्‍यो।

जनताको आधारभूत आवश्यकतामै केन्द्रित नेतृत्व

नगर प्रमुख लामाले नेतृत्व सम्हालेपछि सबैभन्दा धेरै प्राथमिकता दिएका विषय थिए—विपन्न परिवारको आवास, निःशुल्क शिक्षा र सहज स्वास्थ्य सेवा। “एक वर्ष सय घर” अभियानमार्फत सुरु गरिएको विपन्न आवास कार्यक्रमले सयौं परिवारलाई सुरक्षित आवासको अनुभूति दिलायो। कार्यकालभर ५ सय घर निर्माण गर्ने प्रतिबद्धता जनाएका लामाको नेतृत्वमा हालसम्म ४ सयभन्दा बढी घर निर्माण भइसकेका छन्।

त्यस्तै, नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरिनु राप्तीको सबैभन्दा महत्वाकांक्षी सामाजिक कार्यक्रममध्ये एक मानियो। करिब १३ हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने गरी लागू गरिएको यो अभियानले शिक्षामा पहुँच विस्तार गर्‍यो। आर्थिक अभावकै कारण पढाइ छोड्नुपर्ने बाध्यता धेरै हदसम्म कम भयो।

स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले उल्लेखनीय सुरुवात गर्‍यो। निःशुल्क एम्बुलेन्स सेवा, रगत उपलब्धता, घरदैलो स्वास्थ्य परीक्षण, स्वास्थ्य बीमा अभियान र भण्डारा अस्पतालको सेवा विस्तारले नगरवासीलाई राहत दिलायो। जन्मदिनमा निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले स्थानीय सरकारलाई नागरिकसँग भावनात्मक रूपमा जोड्ने काम गरे।

जनमुखी कार्यक्रमबाट बढेको लोकप्रियता

“जनतासँग मेयर” कार्यक्रमले नगर प्रमुखलाई प्रत्यक्ष जनताको घरदैलोमा पुर्‍यायो। टोल–टोलमा पुगेर समस्या सुन्ने र तत्काल समाधान खोज्ने शैलीले लामालाई फरक नेतृत्वका रूपमा स्थापित गर्‍यो।

कान्दा क्षेत्रको सडक विस्तार, टेलिकम पहुँच, फोरजी सेवा विस्तार, स्वास्थ्य केन्द्र स्थापना तथा पिसानी मिल जस्ता योजनाले विकट क्षेत्रका नागरिकलाई पहिलो पटक राज्यको अनुभूति गरायो। कृषि क्षेत्रमा कफी जोन घोषणा, मिनी टिलर र रिपर वितरण, कृषि एम्बुलेन्स सञ्चालन तथा सेवा केन्द्र स्थापना जस्ता कार्यक्रमले आर्थिक समृद्धिको आधार तयार गर्ने प्रयास गर्‍यो।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र पहिचानपत्र वितरण प्रक्रिया पनि राप्तीमा महत्त्वपूर्ण सामाजिक अभियानका रूपमा अघि बढ्यो। चेपाङ समुदायका लागि चिउरी–चमेरो संरक्षण कार्यक्रम र एकीकृत बस्ती अवधारणाले सीमान्तकृत समुदायलाई राज्यसँग जोड्ने प्रयास गर्‍यो।

तर राजनीतिक द्वन्द्वले रोकियो गति

तर प्रारम्भिक सफलतापछि राप्ती नगरपालिकाको यात्रामा राजनीतिक द्वन्द्व र प्रशासनिक अस्थिरताले ठूलो असर गर्‍यो। आपसी राजनीतिक टकराव, कर्मचारी आन्दोलन र प्रशासनिक असमझदारीले नगरपालिकाको विकास यात्रामा ब्रेक लाग्यो।

विशेषगरी निःशुल्क शिक्षा कार्यक्रम समयमै भुक्तानी हुन नसक्दा विद्यालय र अभिभावकमा असन्तुष्टि बढ्न थाल्यो। सुरुवातमा निकै लोकप्रिय बनेको कार्यक्रम व्यवस्थापनको अभावमा चुनौतीपूर्ण बन्यो।

फोहोरमैला व्यवस्थापनमा दिगो योजना बन्न नसक्दा नगरले आलोचना खेप्नुपर्‍यो। बजार क्षेत्रको व्यवस्थापन, सरसफाइ र फोहोरको दीर्घकालीन समाधानमा कमजोरी देखिँदा नगरको छविमा नकारात्मक असर पर्‍यो।

२०८२ असोजपछि त राप्ती नगरपालिका लगभग शून्य अवस्थातर्फ धकेलिएको अनुभूति भयो। जेन्जी आन्दोलनको प्रभाव, त्यसबाट सिर्जित क्षति व्यवस्थापन, आन्तरिक द्वन्द्व र प्रशासनिक अन्योलका कारण नगरपालिकाको नियमित कामसमेत प्रभावित हुन थाल्यो।

त्यस अवधिदेखि २०८३ वैशाख ३ सम्म आइपुग्दा दुई जना कार्यालय प्रमुख फेरिए। प्रशासनिक नेतृत्वको निरन्तर परिवर्तनले नीतिगत निर्णय, कार्यपालिका बैठक र विकास योजनाको कार्यान्वयनलाई कमजोर बनायो। अघिल्ला वर्षका दायित्व भुक्तानीसमेत रोकिँदा नगरपालिकामाथि जनविश्वास कमजोर बन्दै गयो।

प्रदीप पौडेलको आगमनपछि फर्किँदै व्यवस्थापन

यही जटिल परिस्थितिमा २०८३ वैशाख ३ गते प्रदीप पौडेल प्रमुख प्रशासकीय अधिकृतका रूपमा राप्ती नगरपालिकामा आए। उनी यस कार्यकालका ११औँ कार्यालय प्रमुख हुन्।

अस्तव्यस्त प्रशासनिक संरचना, रोकिएका भुक्तानी, अनियमित कार्यपालिका बैठक र नीतिगत अन्योलबीच जिम्मेवारी सम्हालेका पौडेलले व्यवस्थापनलाई पुनः ट्र्याकमा ल्याउने प्रयास सुरु गरे।

लामो समय रोकिएका प्रशासनिक प्रक्रियालाई व्यवस्थित बनाउने, कर्मचारीबीच समन्वय बढाउने, आर्थिक दायित्व व्यवस्थापन गर्ने र विकास योजनालाई पुनः सक्रिय बनाउने काम अहिले प्राथमिकतामा राखिएको देखिन्छ।

नगर प्रमुख शमशेर लामा र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल बीचको समन्वयले पछिल्लो समय नगरपालिकामा नयाँ सन्देश दिएको छ। राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र एउटै लक्ष्यमा केन्द्रित हुँदा स्थानीय सरकार प्रभावकारी बन्न सक्छ भन्ने संकेत अहिले राप्तीले दिन थालेको छ।

गल्ती स्वीकार्दै सुधारतर्फ

नगर प्रमुख लामाले पनि विगतका केही कमजोरी स्वीकार गरेका छन्। विकासका क्रममा केही त्रुटि भएको भए पनि त्यसमा कुनै बदनियत नरहेको उनको भनाइ छ। अहिले पहिलाका राम्रा कार्यक्रमलाई दिगो व्यवस्थापन गर्दै पुनः जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउने प्रयास भइरहेको उनले बताउँदै आएका छन्।

वास्तवमा स्थानीय सरकारको सफलता केवल योजना घोषणा गरेर मात्रै मापन हुँदैन। त्यसको निरन्तरता, व्यवस्थापन र जनविश्वास कायम राख्ने क्षमताले नै नेतृत्वको मूल्यांकन हुन्छ। राप्ती नगरपालिकाले पहिलो दुई वर्षमा आशा जगाएको थियो भने पछिल्ला वर्षमा संकट र अस्थिरता भोग्यो।

तर अहिले फेरि नगरपालिकाले लय समात्ने संकेत देखिएको छ। रोकिएका काम अघि बढ्न थालेका छन्। प्रशासनिक संरचना क्रमशः व्यवस्थित बन्दै गएको छ। लोकप्रिय कार्यक्रमहरूलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ।

अबको चुनौती : विश्वास पुनःस्थापना

राप्ती नगरपालिकाको अबको सबैभन्दा ठूलो चुनौती भनेको जनविश्वास पुनः स्थापित गर्नु हो। जनताले प्रारम्भिक चरणमा जुन आशा गरेका थिए, त्यसलाई परिणाममा बदल्नु अहिलेको आवश्यकता हो।

निःशुल्क शिक्षा, स्वास्थ्य, आवास र कृषिका कार्यक्रमलाई दीर्घकालीन र संस्थागत बनाउन सके मात्रै विगतका उपलब्धि टिकाउ बन्न सक्छन्। फोहोरमैला व्यवस्थापन, प्रशासनिक स्थायित्व र राजनीतिक सहकार्यलाई मजबुत बनाउन सके राप्ती फेरि प्रदेशकै नमुना पालिका बन्न सक्ने सम्भावना अझै जीवित छ।

चार वर्षको यात्रामा राप्तीले सफलता पनि देख्यो, संकट पनि भोग्यो। तर अहिले नगर प्रमुख शमशेर लामा र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल को समन्वयले नगरलाई पुनः विकासको लयतर्फ फर्काउने आशा जगाएको छ।

स्थानीय सरकारप्रति जनताको भरोसा पुनर्जीवित गर्न सकियो भने राप्तीको आगामी यात्रा अझ परिपक्व र परिणाममुखी बन्ने अपेक्षा गर्न सकिन्छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०