"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मणिपालका विद्यार्थीको बिजोग : एउटै कोठामा ८ जना, छतमा उभिएर कटाउँछन् रात

Table of Content

पोखरा । राम्रो झ्याल नभएको साँघुरो कोठामा ८ जना कति समय बस्न सकिएला ? एक घण्टा ? २ घण्टा ? कि दिनैभरि ? विश्वास गर्नुहुन्छ, यही कोठामा ४ वर्ष बिताउँछन् मणिपाल शिक्षण अस्पतालका बीएस्सीका विद्यार्थीहरू ।

चर्को शुल्क असुलेर पनि सामान्य मानव अधिकारको समेत ख्याल नगरी कलेज प्रशासनले आफूहरूलाई भेडा बाख्रा जस्तो कोचेर राखेको गुनासो विद्यार्थीहरूले गरेका छन् ।

बीएस्सी नर्सिङ तर्फका विद्यार्थीले छात्रावासको व्यवस्थापन राम्रो नगरेको र पढाउने कक्षा पनि अण्डग्राउण्डमा राखिएको भन्दै प्रश्न उठाएका हुन् । एउटै साँघुरो कोठामा ८ जनासम्म विद्यार्थी छात्रावासमा बस्नुपर्ने अवस्था रहेको उनीहरूले बताए ।

‘२ जना अट्ने कोठामा ८ जनासम्म राखिएको छ । कोठामा भेन्टिलेसन पनि छैन,’ उनीहरूले भने, ‘पटक पटक गुनासो गरेपछि झ्यालमा जाली हालिएको छ । हामीलाई भेडा बाख्राको जस्तो व्यवहार गरिएको छ ।’

आफूहरूमाथि कलेजले अमानवीय व्यवहार गरेको एक विद्यार्थीको गुनासो छ । ‘रुममा बस्नै मन लाग्दैन । सास फेर्नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘राति पनि छततिर गएर बस्छौँ । यहाँ पढ्ने वातावरण नै छैन । हामीमाथि एकदमै अमानवीय व्यवहार भएको छ ।’

विद्यार्थीहरूको ड्युटी सिफ्ट फरक भएकाले सुत्ने र उठ्ने समय नमिलेको गुनासो गरेका छन् । भर्ना हुनुअघि कलेजले विद्यार्थीलाई कुनै पनि जानकारी नगराएको र भर्नापछि एकैपटक कोचेर होस्टलमा राखेको उनीहरूले दुखेसो पोखे ।

‘२–४ दिनको लागि होइन, ४ वर्ष यही कोठामा बसेर बिताउनुपर्छ,’ अर्की विद्यार्थीले भनिन्, ‘कलेज प्रशासनलाई निवेदन पनि दियौँ । तर सुनुवाइ भएन ।’

मौखिक रुपमा गरिएको प्रश्न सुनुवाइ नभएपछि वैशाख १३ गते प्रिन्सिपललाई उनीहरूले सामूहिक हस्ताक्षर गरेर निवेदन दिएका छन् ।

madipal2

‘हामीले धेरै पटक भन्यौं । प्रिन्सिपल म्यामले पहिलेका सिनियरहरू पनि त्यसरी नै बसेका थिए, तिमीहरूले पनि त्यसरी नै एडजस्ट गर्नुपर्छ भनेर जवाफ फर्काउनुभयो,’ विद्यार्थीहरूले भने । कलेजले बिनाजानकारी खानाको शुल्क समेत बढाएको छ ।

सुरुमा ६ हजार ९० रुपैयाँ खानाको शुल्क तोकिएकोमा तीन महिना नबित्दै बढाएर ७ हजार ५ भन्दा बढी लिन थालेको हो । ‘खाना न मिठो छ, न पहिलेको भन्दा सुधार भएको छ । हामीले जबर्जस्ती पैसा तिर्नैपर्छ,’ ती विद्यार्थीले थपिन्, ‘किन यस्तो गर्नुभयो भनेर प्रश्न गर्ने ठाउँ पनि छैन । हामीमाथि शोषण भयो, सम्बन्धित निकायले अनुगमन गरोस् ।’

सबैजसो नियम अनिवार्य भन्दै थप्ने गरेको उनीहरूले बताए । होस्टलसँगै पढ्ने कक्षामा समेत समस्या छ । अस्पतालको अण्डरग्राउन्डमा कक्षाकोठा छ भने छात्रावास पाँचौँ तलामा छ । ‘दिनको ६–७ घण्टा त्यही बेसमेन्टमा २४ सै घण्टा साधारण ट्युबलाइटको भरमा पढ्नुपर्छ,’ अघि भनिन्, ‘हावा नछिर्ने हुँदा एकदमै अप्ठ्यारो भइरहेको छ ।’ मणिपालमा एमबीबीएस पढ्ने विद्यार्थी र नर्सिङ पढ्ने विद्यार्थीबिच विभेद हुने गरेको गुनासो छ । तर, कलेजले बेवास्ता गरेको गुनासो उनीहरूले गरे । ‘जसले जति भने पनि कुनै सुधार छैन । सुधार गरिदिनुस् न भन्यो भने यस्तै हो भनेर टारिदिन्छन्,’ उनीहरू भन्छन्, ‘एमबीबीएस पढ्ने र नर्सिङ पढ्नेबिचमा आकाश जमिनको फरक छ ।’

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अवस्थाबारे तुरुन्तै अनुगमन गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले तत्काल अनुगमन र छानबिनका लागि समिति गठन गर्ने बताएकी हुन् ।

‘यो एकदमै संवेदनशील विषय हो । यति गम्भीर गुनासो आइसकेपछि प्रशासनले तत्काल अनुगमन गर्छ,’ उनी भन्छिन्, ‘यसका लागि एउटा समिति बन्छ । कमीकमजोरी सुधार्न आवश्यक निर्देशन दिइनेछ ।’ कास्की–२ का सांसद उत्तम प्रसाद पौडेलले पनि शिक्षा र स्वास्थ्य मन्त्रालयसँग तुरुन्तै समन्वय गर्ने बताएका छन् । ‘यस्तो कुरा सुन्दा पनि कष्टकर हुन्छ, भोग्नेहरूलाई कस्तो भयो होला ? विद्यार्थीलाई सम्झौता अनुसारको सुविधा दिनु कलेजको दायित्व हो,’ उनले भने, ‘भोलि नै शिक्षा र स्वास्थ्य मन्त्रालयमा कुरा गरेर यस विषयमा तत्काल अनुगमन टोली पठाउन भन्छु । तत्कालै एक्सनमा जानुपर्ने विषय रहेछ ।’

madipal3

पौडेलले निर्बाध र शान्त वातावरणमा पढ्न पाउने विद्यार्थीको अधिकार हुने भन्दै त्यसको ग्यारेन्टीका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

यता कलेजका अध्यक्ष नारायण पौडेल भने विद्यार्थीले तिरेको शुल्कअनुसार नै बसाइको व्यवस्थापन गरेको दाबी गरेका छन् । उनले बाहिर आएका विषयहरू सत्य नभएको बताए । ‘सबैभन्दा पहिला होस्टलको बारेमा बुझ्नुपर्‍यो । कति शुल्क तिर्छन्, कति जना बस्छन् र कति साइज छ भन्ने थाहा हुनुपर्छ,’ उनले भने, ‘उहाँहरूले कति रकम तिर्नुभएको छ त्यहीअनुसार बसाइ मिलाएका छौं । जे सुविधा लिन खोजेका छन्, त्यही दिने त हो नि ।’

उनले शुल्क तिर्न तयार भए कलेजले थप सुविधा दिन सक्ने बताए । ‘एक जना मात्रै बस्छौँ भने पनि दिन्छौँ तर शुल्क तिर्नुपर्छ । हामीले नियमलाई कुल्चिएका छैनौँ,’ अघि भने, ‘युनिभर्सिटीको अनुगमन हुन्छ । जवाफ दिन सक्ने गरी हामीले काम गर्नुपर्छ, गरेका छौँ ।’

यसअघि भारतीय कम्पनीले चलाउँदै आएको मणिपाल कलेज २०७८ देखि पोखरेली व्यवसायीहरूले सञ्चालन गर्न थालेका हुन् । यो कलेज सन् १९९८ देखि सञ्चालनमा आएको थियो । ४९ वर्षका लागि सम्झौता गरेको भारतीय कम्पनी लगानी असुरक्षित देखेपछि बिचैमा बेचेर बाहिरिएको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०