"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बागमतीको सिंहदरबार : रूख कटान र संरचना निर्माणको बाटो खुल्दै

Table of Content

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ ।

संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो ।

उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणको लागि बाटो खुला हुनेछ । जग्गा भोगाधिकार र रूख कटानका विषयमा विभाग र प्रदेश सरकारबिच औपचारिक सम्झौताको प्रक्रिया टुंगिएसँगै अब फिल्डमा काम सुरु हुने अवस्थामा पुगेको हो ।

लामो समयदेखि भाडाका घर र छरिएर रहेका पुराना सरकारी भवनहरूबाट कार्यसम्पादन गर्दै आएका प्रदेशका मन्त्रालयहरू अब एउटै परिसरमा व्यवस्थित हुनेगरी एकीकृत संचना निर्माण कार्यमा अघि बढेको हो । उक्त कार्यका लागि प्रदेश सरकारले सोमबार नै विभागसँग सम्झौता गरेको छ ।

३१ हेक्टर वन क्षेत्रका ५ हजार २२६ रूख कटानको अनुमति

गत २०८२ चैत १ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ र १७ मा रहेको ३१.०२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रदेश सरकारले प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी भोगाधिकार प्राप्त गरेको थियो । उक्त आयोजनामा २७.५७ हेक्टर (घ्याम्पे र चुरेकाली सामुदायिक वन)को वन क्षेत्र पर्छ भने ३.४५ हेक्टर विद्यालय र सार्वजनिक जग्गा पर्दछ ।

वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम भोगाधिकारका लागि स्वीकृति प्राप्त भएको उक्त जग्गामा प्रदेश सरकारले मन्त्रालयसहित विभिन्न संरचनाहरू निर्माणको योजना बनाएको छ ।

भवन निर्माणका लागि उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रूख तथा पोलहरू हटाउन वन विभागले अनुमति दिइसकेको छ । उक्त प्रक्रियालाई अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका सीडीई चन्द्रदेव भट्टलाई आधिकारिक प्रतिनिधि र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका इन्जिनियर राजन गौतमलाई साक्षीका रूपमा तोकेर सोमबार विभागमा पठाइसकेको छ ।

उनीहरूले सोमबार नै विभागसंग वन सम्झौता गरेका छन् । उक्त जग्गा भोगाधिकार प्राप्तिका लागि विभागसँग सम्झौता गर्न प्रदेश सरकारले ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मासमेत गरिसकेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयले ५ हजार २२६ रूख कटान वापतको नयाँ विरुवा रोप्न तथा हुर्काउन लाग्ने दस्तुर समेतको रकम जम्मा गरेर विभागसँग सम्झौता गरेको हो ।

चालु आर्थिक वर्षभित्रै काम सुरु गर्ने लक्ष्य छ – सचिव मरहठ्ठा

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठका अनुसार सरकारले चालु आर्थिक वर्षभित्रै फिल्डमा निर्माणको काम सुरु गर्ने लक्ष्य राखेको छ । प्रक्रियागत काममा केही समय लागे पनि अब रूख कटान र जग्गा व्यवस्थापनको कामले गति लिने उनले बताए ।

जग्गा प्राप्ति गर्दा सो क्षेत्रमा रहेका बोटबिरुवा र रूखहरूको संरक्षण तथा वृक्षरोपणका लागि आवश्यक पर्ने रकमको सुनिश्चिततासहित रकम जम्मा गरेर प्रक्रियागत रूपमा सबै काम सम्पन्न गरेको उनले बताए । उनका अनुसार अबको प्रक्रिया छिटो हुने र चालु वर्षभित्रै संरचना निर्माणको जग बसाल्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ । रकम जम्मा भइसकेकाले अब वन विभाग र मन्त्रालयबिच सम्झौतापछि प्रदेशको डिभिजन वन कार्यालय मकवानपुबाट रूख कटान र संकलनको आदेश लिएर काम अघि बढाउने उनले बताए ।

जग्गा भोगाधिकार पाए पनि सरकारी निकायहरूबिचको समन्वय, मन्त्रालय, आयोजना र वन विभागबिचको प्रक्रियागत विषय र रकम स्थानान्तरणमा केही हप्ता समय लागेकाले केही ढिला भएको उनले बताए । अब सबै कानुनी र प्रक्रियागत अड्चनहरू पुरा भएकाले फिल्डमा काम गर्न सकिने अवस्था रहेको उनले बताए ।

‘हामीले वन विकास कोषमा जम्मा गर्नुपर्ने आवश्यक ३ करोड ४१ लाख रुपैयाँ जम्मा गरिसकेका छौँ । आज (२८ गते) वन विभाग र हाम्रो मन्त्रालयका प्रतिनिधिबिच सम्झौता भइसकेको छ । अब डिभिजन वन कार्यालयमार्फत रूख कटान र टाँचा लगाउने प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘राष्ट्रिय भवन संहितामा आएको परिवर्तन र मन्त्रालयहरूको संख्यामा भएको हेरफेरका कारण पुराना डिजाइनहरूमा केही प्राविधिक र व्यवस्थापकीय परिमार्जन गरिएको छ । जग्गा पर्याप्त भएकाले संरचना निर्माणलाई राम्रो र प्रभावकारी ढंगले उपयोग गर्ने हाम्रो तयारी छ । क्वार्टरहरू र केही मन्त्रालयहरूलाई एकीकृत भवनमा राख्ने र आवश्यकताअनुसार केही छुट्टै भवनहरूरु पनि बनाउने गरी डिजाइन अन्तिम चरणमा पुगेको छ ।’

डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले भवन निर्माण क्षेत्रमा पर्ने रूखहरू हटाउन आवश्यक पर्ने वित्तीय र प्रक्रियागत तयारी पूरा भएको बताए । रकम जम्मा भइसकेका र विभाग सम्झौता पछि रूख कटान र संकलनको आदेश गर्न सकने उनले बताए । पहिले नै रूखहरूको छपान गरिसकेकाले त्यसैले सम्झौता भएर पत्र आउनासाथ काम सुरु गर्न सकिने उनले बताए ।

‘सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा पर्ने रूखहरू सम्बन्धित उपभोक्ता समूहलाई नै हस्तान्तरण गरिनेछ भने सरकारी वन क्षेत्रका काठहरू वन कार्यालयले नै नियमानुसार व्यवस्थापन गर्नेछ । यस प्रक्रियामा डिभिजन वन कार्यालय र निर्देशनालय समन्वय गर्नेछन् । सम्झौता पाएको महिना दिन भित्र फिल्ड खाली गर्न सक्ने अवस्था रहेको छ ।’ उनले भने ।

२०७६ देखि जग्गा प्राप्तिको कानुनी प्रक्रियामा अल्झिएको उक्त योजनालाई संघीय मन्त्रिपरिषद् बैठकले टुंग्याएसँगै संरचना निर्माणको बाटो खुलेको छ ।

२०७४ सालमा प्रदेश संरचना बनेयता बागमती प्रदेशले ५ जना मुख्यमन्त्री र ८० भन्दा बढी मन्त्री पाइसकेको छ । यस्तो अवस्थामा अहिलेसम्म आफ्नै व्यवस्थित भवन नहुँदा प्रदेशका मन्त्रालयहरू साँघुरा सरकारी भवन र भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ । विगतका सरकारहरूले बर्सेनि बजेट विनियोजन गरे पनि जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रशासनिक संरचना निर्माणको काम अघि बढ्न सकेको थिएन ।

WhatsApp Image 2026-05-11 at 3.20.19 PM

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०